Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

रुइला नाकामा चीन सरकारले दुई देशीय समन्वय नगरी लगायो तारबार

रुइला नाकामा चीन सरकारले दुई देशीय समन्वय नगरी लगायो तारबार

नेप्लिज डायस्पोरा

९, आषाढ २०७९
images
रुइला नाकामा चीन सरकारले दुई देशीय समन्वय नगरी लगायो तारबार

काठमाडौ। गोरखाको चुमनुब्री गाउँपालिका–१ को रुइला नाकामा चीन सरकारले दुई देशीय समन्वय नगरी तारबार लगाएको छ। सीमानामा संरचना बनाउँदा अपनाउनु पर्ने कुनै पनि मापदण्ड पालना नगरी तारबार लगाएको हो।

यस विषयमा न परराष्ट्र मन्त्रालय जानकार छ, नत जिल्ला प्रशासन कार्यालय नै। 

गोरखाका प्रमुख जिल्ला अधिकार शंकरहरि आचार्य यस विषयमा प्रशासनलाई कुनै जानकारी नै नरहेको बताउँछन्, भन्छन्, ‘सीमा क्षेत्रमा तारबार गरिएका बारे जिल्ला प्रशासन कार्यालय गोरखामा कुनै पनि जानकारी छैन र समन्वय पनि गरिएको छैन।
 
यता परराष्ट्र मन्त्रालय पनि यो विषयमा आंशिक मात्रै जानकार देखिन्छन्। परराष्ट्र मन्त्रालयकी सहप्रवक्ता रीता धिताल दशगजा क्षेत्र छाडेर तारबार वा अन्य संरचना निर्माण गर्न पाउने व्यवस्था भएकाले चीनले त्यसै गरेको हुनुपर्ने बताउँछिन्। यो अवर आजको अन्नपूर्ण पोष्टमा प्रकाशित छ । 

images
प्रकाशित मिति :आषाढ ९, २०७९ बिहिवार - १०:४८:१५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend