Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

सरकारमा रहेका मन्त्री फेर्न प्रधानमन्त्री देउवालाई काँग्रेसभित्रैबाट दबाब

सरकारमा रहेका मन्त्री फेर्न प्रधानमन्त्री देउवालाई काँग्रेसभित्रैबाट दबाब

नेप्लिज डायस्पोरा

९, आषाढ २०७९
images
सरकारमा रहेका मन्त्री फेर्न प्रधानमन्त्री देउवालाई  काँग्रेसभित्रैबाट दबाब

काठमाडौ। प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारमा रहेका मन्त्री फेर्न उनकै दल नेपाली काँग्रेसभित्रैबाट दबाब बढ्न थालेको छ । सरकारमा पार्टीका तर्फबाट मन्त्री रहेकाको कार्यसम्पादन कमजोर भएको भन्दै काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवामाथि मन्त्री फेरबदल गर्न पार्टीभित्रबाटै दबाब बढ्दै गएको हो ।

देउवा निकट एक कांग्रेस नेताले भने, ‘समकक्षी साथी मन्त्री हुनुहुन्छ, खुलेरै मन्त्री फेरौँ भन्न पनि सकिएको छैन, उहाँहरूको काम पनि चित्त बुझेको छैन, अहिले प्रधानमन्त्रीलाई हामी नजिकका भनिएका नेताले मन्त्री फेर्न सुझाइरहेका छौँ ।’ 

काँग्रेस स्रोतका अनुसार सरकारमा रहेका केही मन्त्रीको कार्यसम्पादनसँग उपसभापति पूर्णबहादुर खड्का पनि असन्तुष्ट रहँदै आइरहेका छन् ।

यसैगरी देउवासँग निकट रहेका नेता मीन विश्वकर्मा, डिला संग्रौलालगायतका नेता पनि सरकारमा पार्टीका तर्फबाट मन्त्री रहेकाको कामसँग सन्तुष्ट छैनन् । आजको राजधानी दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :आषाढ ९, २०७९ बिहिवार - ११:१७:३४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend