Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

चक्रपथ विकास आयोजनामा अनियमितताका थप प्रमाण फेला

चक्रपथ विकास आयोजनामा अनियमितताका थप प्रमाण फेला

नेप्लिज डायस्पोरा

९, आषाढ २०७९
images
चक्रपथ विकास आयोजनामा अनियमितताका थप प्रमाण फेला
काठमाडौ। काठमाडौँ उपत्यकाको बाहिरी चक्रपथ विकास आयोजनामा अनियमितताका थप प्रमाण फेला परेका छन् । आयोजनाको कार्यालय सञ्चालनका लागि लिइएको घरको भाडा तथा कार्यालय सञ्चालनका क्रममा खरिद नै नगरिएका सेवा र वस्तुको नाममा हरेक वर्ष खर्च गरिएको पाइएको छ।
 
घरधनीले लिने गरेको भाडा र कार्यालयले भुक्तानी गर्ने भाडाको रकममा अन्तर छ भने कार्यालय सहयोगीलाई तलब रोकेर राखिएको छ। उल्टै, कर्मचारीलाई खुवाएको चिया, खाजा, पानीलगायतको खर्चसमेत अहिलेसम्म भुक्तानी नदिएको गुनासो तल्लो तहका कर्मचारीको छ।
 
आयोजनाको सुरुदेखि नै सतुङ्गलस्थित नेपाल विद्युत् प्राधिकरणको कार्यालयबाट सय मिटर पूर्वमा रहेको चोकसँगैको घरको पहिलो तलामा बाहिरी चक्रपथ विकास आयोजनाको साइड कार्यालय राखिएको छ तर उक्त कार्यालयबाट कुनै काम भएको छैन ।
 
तीन कोठाको कार्यालयबाहिर झुन्ड्याइएको बोर्ड धुजाधुजा भइसकेको छ भने अक्षर मुस्किलले मात्र पढ्न सकिन्छ। आजको गोरखापत्र दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :आषाढ ९, २०७९ बिहिवार - ११:४१:४२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend