Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

नेपाल प्रहरीको एसएसपी बढुवामा राजनीतिक शक्तिकेन्द्रको हस्तक्षेप

नेपाल प्रहरीको एसएसपी बढुवामा राजनीतिक शक्तिकेन्द्रको हस्तक्षेप

नेप्लिज डायस्पोरा

२२, आषाढ २०७९
images
नेपाल प्रहरीको एसएसपी बढुवामा राजनीतिक शक्तिकेन्द्रको हस्तक्षेप

काठमाडौं। नेपाल प्रहरीको एसएसपी बढुवामा राजनीतिक शक्तिकेन्द्रको हस्तक्षेप बढेको छ । नेपाल प्रहरीमा ३२ वटा एसएसपी पद रिक्त छ । आफूनिकटकालाई एसएसपी बनाउन सत्तारूढ दलका शीर्ष नेताहरूले हस्तक्षेप गर्न थालेका हुन् ।

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालय भने ज्येष्ठता र कार्यसम्पादनका आधारमा एसएसपी बढुवा गर्ने तयारीमा छ । तर, पछिल्लो ब्याचका एसपीहरू शक्ति केन्द्रको आडमा ब्याच मिचेर जसरी पनि एसएसपी हुने दौडमा लागेपछि शक्तिकेन्द्रले गृहमन्त्री बालकृष्ण खाँड तथा प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलाई दबाब दिन थालेको स्रोतको दाबी छ । 

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालय राष्ट्रिय अनुसन्धान विभागमा स्थानान्तरण भएर आएका र २०५४ सालमा प्रहरी निरीक्षक भएका टोलीलाई बढुवा गर्ने पक्षमा छ । विभागमा ५ पुस २०५३ मा भर्ना भएका प्रहरी निरीक्षकलाई २५ पुस २०५८ मा नेपाल प्रहरीमा स्थानान्तरण गरिएको थियो । त्यस टोलीमा बाँकी रहेका र २०५४ सालमा प्रहरी निरीक्षकमा भर्ना भएकालाई तानेर एसएसपीमा बढुवा गर्ने गृह मन्त्रालयको तयारी छ । आजको राजधानी दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :आषाढ २२, २०७९ बुधवार - ०९:४५:२६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend