Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

नेपालको निर्वाचन खर्चिलो भएको पूर्व आयुक्तको भनाई

नेपालको निर्वाचन खर्चिलो भएको पूर्व आयुक्तको भनाई

नेप्लिज डायस्पोरा

२४, आषाढ २०७९
images
नेपालको निर्वाचन खर्चिलो भएको पूर्व आयुक्तको भनाई

काठमाडौं । निर्वाचन आयोगका पूर्व प्रमुख भोजराज पोखरेलले पछिल्लो समय आयोगले तोकेको निर्वाचन खर्चको सीमाको विषयमा प्रश्न उठाएका छन् ।

काठमाडौंमा आयोजित ‘आर्थिक सुशासन र निर्वाचन’ विषयक अन्तरक्रिया कार्यक्रममा आयोगले खर्च नियन्त्रण गर्नुपर्ने बताउनु खर्चको सीमा निर्धारण गर्ने विषय कार्यान्वयन चुनौतीपूर्ण रहेको बताएका हुन् ।

पोखरेलले अहिलेका निर्वाचन निकै खर्चिला हुँदै गएको बताए । ‘उम्मेदवारको खर्च तीव्र गतिमा बढेको छ, आयोगको एउटा मापदण्ड छ, मापदण्ड एकातिर छ उम्मेदवारको खर्च अर्कातिर छ, कि आयोगले उम्मेदवारको खर्च नियन्त्रण गर्न सक्नुपर्‍यो कि यो खर्च सीमा हटाउनु पर्‍यो, नत्र त यो हाँस्यापद मात्र भयो,’ उनले भने ।

खर्चिलो प्रकियाले चुनौती

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले निर्वाचनमा पछिल्यो समय बढ्दै गएको खर्चिलो प्रकियाले चुनौती थपिएको बताए ।

उनले  निर्वाचन आयोगले तोकेको खर्च सीमाभन्दा धेरै गुणा बढी उम्मेदवारले खर्च गर्ने गरेको बताउँदै यसलाई तत्काल अन्त्य गर्नुपर्ने धारणा राखे ।

नेता पौडेलले पार्टीभित्रैबाट टिकट लिनदेखि निर्वाचनसम्म खर्च गर्दै जाँदा आयोगको तोकेको खर्च सीमाभन्दा धेरै गुणा बढी खर्च हुने उल्लेख गर्दै यसै कारणले पनि राजनीतिमा युवाको वितृष्णा बढेको बताए ।

‘निर्वाचन कानुन र आचारसंहिता धेरै छन्, कतिपय रूपमा आयोग सक्रिय देखिए पनि त्यो कार्यान्वयन हुन सकिरहेको देखिँदैन । अब संघको निर्वाचनमा उम्मेदवारले २५ लाख र प्रदेशमा १५ लाख खर्च गर्न पाउने व्यवस्था छ । अहिले त्यो खर्चमा एक–दुईले निर्वाचन लडेका होलान्, नत्र धेरै ठाउँमा यो सीमाभित्र कसैले चुनाव लडेका छैनन् । यतिमात्र होइन निर्वाचनको मौन अवधिमै पैसा बाँडिन्छ भनिन्छ यस्ताखालका अभ्यास हाम्रोमा निकै प्रचलनमा छन्,’ उनले भने ।

कार्यक्रममा नीति अध्ययन प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा. विष्णुराज उप्रेती, नेपाल बार एशोसिएशनका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे, वरिष्ठ अनुसन्धानकर्ता डा. मुक्तिराम रिजाल लगायतले ‘आर्थिक सुशासन र निर्वाचन’ विषयमा धारणा राखेका छन् ।

images
प्रकाशित मिति :आषाढ २४, २०७९ शुक्रवार - ०८:२०:११ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend