Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

अमेरिकामा रहेका लोक गायक कृष्ण देवकोटालाई पितृ शोक

अमेरिकामा रहेका लोक गायक कृष्ण देवकोटालाई पितृ शोक

नेप्लिज डायस्पोरा

१४, श्रावण २०७९
images
अमेरिकामा रहेका लोक गायक कृष्ण देवकोटालाई पितृ शोक

बाल्टिमोर, अमेरिका

 चर्चित लोकदोहोरी गायक तथा राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व केन्द्रिय कोषाध्यक्ष कृष्ण देवकोटालाई पितृ शोक परेको छ ।

पोखरा माहानगर पालिका २३ चापाकोटमा १९९२ पुस ८ गते जन्मनुभएका देवकोटाका बुवा नरपति देवकोटाको ८७ वर्षको उमेरमा शुक्रबार पोखराको विरौटास्थित निवासमा निधन भएको हो ।

स्वर्गीय देवकोटाको आजै शान्ती घाट पोखरामा परम्परा अनुसार अन्तिम दाहसंस्कार गरिएको छ । उहाँको अन्तिम दाहसंस्कारमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजी, प्रतिष्ठानका पूर्व केन्द्रिय अध्यक्ष पुरुषोत्तम न्यौपाने, कृष्ण कंडेल, दुर्गा रायमाँझी, नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य शोभाकान्त पौडेल, नेपाल उद्योग वाणिज्य महासंघका गण्डकी प्रदेश उपाध्यक्ष मोतिप्रसाद पौडेल लगायत उहाँका सुभेच्छुक तथा आफन्तहरुको सहभागिता रहेको थियो ।

स्वर्गीय देवकोटाका श्रीमती, तीन छोरा र एक छोरी रहेकाछन् ।

images
प्रकाशित मिति :श्रावण १४, २०७९ शनिवार - ०७:४०:४९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend