नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिको सदस्य पदमा कांग्रेस नेतृ सीता देवकोटा (पाण्डे) मनोनीत हुनु भएको छ ।
स्यागंजाको चापाकोटमा जन्मिएको देवकोटाले गृह जिल्ला पाल्पाको क्षेत्र नम्बर १ बाट संबिधान सभा सदस्यमा निर्वाचन पनि लड्नु भएको थियो । अहिले उहां नेपाली कांग्रेस नवलपुरमा सक्रिय हुनुहुन्छ ।
नेपाली कांग्रेस सभापती शेर बहादुर देउवाले पाण्डे लगायत अरु ९ जना महिला नेतृलाई केन्द्रिय सदस्य पदमा मनोनित गर्नु भएको हो ।
यसरी मनोनीत हुनेहरुमा किरण यादव, राधा घले, धना खतिवडा, कल्याणी रिजाल, गोमा भट्टराई, उर्मिला थपलिया, रुक्मीणी कोईराला, गोमा भट्टराई र गंगा शाही रहनु भएको छ ।
