Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

गजल -गीता अधिकारी ‘जुन’

गजल -गीता अधिकारी ‘जुन’

नेप्लिज डायस्पोरा

१, भाद्र २०७९
images
गजल -गीता अधिकारी ‘जुन’

फलोस फुलोस जिन्दगी जन्मदिनको शुभकामना
छाओस् ओठमा खुसी जन्मदिनको शुभकामना
~~
ज्ञान मिलोस बुद्धि मिलोस ठूलो मान्छे बन्नु तिमी
सधैं शिखर चुम्नु तिमी जन्मदिनको शुभकामना
~~
मिलन बोकि आएको आजको तिम्रो जन्मदिन
नगर्नु कहिल्यै देखावटी जन्मदिनको शुभकामना
~~
हरेक बाधा अड्चनहरुमा विजय हासिल गर्नु
जितेर बढ्नु सधैं अघि जन्मदिनको शुभकामना
~~
तिम्रो जन्मदिनमा भेट्न पाए अनि आशिष् दिन पाए
सम्झना छ 'सामना' नानी जन्मदिनको शुभकामना
~~

images
प्रकाशित मिति :भाद्र १, २०७९ बुधवार - १७:४४:५९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend