यस बर्षको दशैं तिहारको शुभ अवसरमा अमेरिकाको भर्जिनियामा थ्री ईन्टरटेन्मेन्टले 'दशैं तिहार मेला' को आयोजना गरेको छ ।
सेन्टरभिलको बुल रन पार्कमा राखिएको मेला दशैंभन्दा केहिदिन अगाडी शुरु हुनेछ । कार्यक्रमको मुख्य प्रायोजक ओनेष्ट रियल स्टेट रहेको छ ।
मेलामा विभिन्न सांगीतिक समूहहरु र गायक गायिकाहरुको प्रस्तुती रहने आयोजकले बताएको छन ।
"बालबच्चाको लागि चंगा उडाउनेदेखि फेस पेन्टिगंसम्म राखिएको छ । दशै र तिहारका लागि आवश्यक पूजा सामग्रीहरु, लत्ता कपडा र नेपाली खानपिनको व्यबस्था छ ।" थ्री ईन्टरटेन्मेन्टका आशिष संग्रौलाले नेप्लिज डायस्पोरासंगको कुराकानीमा बताउनु भयो ।
कार्यक्रममा नेपाली वस्तु र सेवाको प्रचार प्रसार गर्न र बिक्री गर्नका लागि व्यवसायीहरु आउनु भएको र अझै आउने क्रम रहेको आयोजकका तर्फबाट सुबोध रेग्मीले जानकारी दिनुभयो ।
बालबच्चा, यूवा र पाका मानिसहरुले पनि रमाईलो पनि गर्न सक्ने गरी कार्यक्रमको आयोजना गरिएकोले यस क्षेत्रका सबै नेपालीहरुलाई उपस्थित भईदिनु हुन थ्री ईन्टरटेन्मेन्टकी राजश्री श्रेष्ठले अनुरोध गर्नुभयो ।