Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

पाल्पा अर्गेलीको बद्रीनाथ मन्दिरमा भदौ २२ गते विशेष पूजा हुदै

पाल्पा अर्गेलीको बद्रीनाथ मन्दिरमा भदौ २२ गते विशेष पूजा हुदै

नेप्लिज डायस्पोरा

१७, भाद्र २०७९
images
पाल्पा अर्गेलीको बद्रीनाथ मन्दिरमा भदौ २२ गते विशेष पूजा हुदै

पाल्पा अर्गलीको ऐतिहासिक तपोभुमीमा अवस्थित नेपालकै एकमात्र बद्रीनारायण मन्दिरमा यहि भाद्र 22 गते बामन द्वादशीका दिन सदाका बर्ष जस्तै यस बर्ष पनि बद्रीनारायण मन्दिरको स्थापनाको बार्षिक उपलक्षमा बद्रीनारायण मन्दिरको बार्सिकउत्सब कार्यक्रम हुने भएकोछ । सो अवसरमा पायक पर्ने सबै श्रद्धालु भक्तालुहरुलाई पूजामा सरिक हुनका लागि खुला निमन्त्रणा गरिएको छ ।

बद्रीनारायण भगवानको दर्शन गर्ने क्रममा अस्टभुजा भगवती मन्दिर, सिद्दिबिनायक गणेश मन्दिर, शिबपार्वतीको मन्दिर, सरस्वती मन्दिर राधाकृष्णको मन्दिर देशान्तरी माइको मन्दिर रामसिताको मन्दिर एकै ठाउँमा भएकाले सबै मन्दिरमा भगवानहरुको दर्शन गरि पूजाअर्चना गरि पुण्य कमाउन सकिने आयोजक समितिले जनाएको छ ।

ऊक्त दिन बिहानै देखि भजनकृतन,बद्रीनाथ विशेषपुजा , मुर्ति परिक्रमा प्रशाद ग्रहण लगायतका कार्यक्रमहरु रहेको हुदा सम्पूर्ण दर्शनार्थीहरुलाइ निम्न मिति स्थान र समयमा उपस्थितिको लागि पूजा ब्यवस्थापन समितिले अनुरोध गरेको छ ।

मिति: यहि भाद्र २२ गते बुधबार
स्थान: बद्रीनारायण मन्दिर प्राङ्गण कोलाचौर
समय: बिहान ८ बजे देखि
सम्पर्क: टीकाराम पान्डे ९८४७१७०३३७
ज्ञानेश्वर पाण्डे ९८४७३८३८७६
यज्ञ पान्डे ९८४५७०९७८५

अस्टभुजा भगवती तथा बद्रीनारायण मन्दिर समिती तानसेन नगरपालिका वार्ड नम्बर १४ अर्गली (रनुवा) परिवारलेटाढाबाट आउनुहुने भक्तजनलाइ बिशेष ब्यवस्था समेत गरेको छ ।

आफ्ना पितृहरु बैकुण्ठ बासको कामनाको लागि बद्रीनाथ जाने योजना बनाउनेहरूको लागि अब नेपालमै विकल्प भएको आयोजकको दाबी छ ।

images
प्रकाशित मिति :भाद्र १७, २०७९ शुक्रवार - २२:३२:२७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend