Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

कमल खनालको ‘बाकस’ सार्बजनिक (भिडियो सहित)

कमल खनालको ‘बाकस’ सार्बजनिक (भिडियो सहित)

नेप्लिज डायस्पोरा

१९, भाद्र २०७९
images
कमल खनालको ‘बाकस’ सार्बजनिक (भिडियो सहित)

गायक एवं सर्जक कमल खनालको प्रस्तुतीमा नयां गीत 'बाकस' भिडियो सहित सार्बजनिक भएको छ ।

गीतमा बालगायक–गायिका सुप्रिम मल्ल ठकुरी र पूजा देवकोटाले स्वर दिएका छन् ।

खनाल स्वयंको शब्द एवं संगीत रहेको गीतलाई मनोज खड्काले एरेन्ज गरेका हुन् ।

लामो समयदेखि अमेरिकामा रहेका खनालले सार्वजनिक गरेको गीतको कहानी भने बाध्यताले खाडी मुलुक पुग्ने महिलाहरूको हो ।

"आफ्नो साना–साना सन्तानहरुलाई छाडेर आकाशमा उडेकी आमा बाकसमा फर्किँदाको पीडा गीतमा समेटेका छौँ" गीतकार एवं संगीतकार खनालले भने । 

दिनेश विष्टले छायाँकन गरेको भिडियोलाई निर्देशक मिराज स्वयंमले सम्पादन गरेका हुन् । 

भिडियो हेर्नुहोस ।

images
प्रकाशित मिति :भाद्र १९, २०७९ आइतवार - १९:४७:४३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend