चीनका राष्ट्रपति शि जिड.पिगंलाई नजरबन्द गरिएको समाचारले शुक्रबारबाट ईन्टरनेट तातेको छ । सि लाई नजरबन्द गरेर सैनिक शासनको तयारी भैरहेको समाचारहरु बाहिरिएका छन । तर यि समाचारको आधिकारिक वा स्वतन्त्र पुष्टी भएको छैन ।
सञ्चारमाध्यम र समाजिक सञ्जालका चीनमा हाल देखिएको अनपेक्षित गतिवधीका आधारमा यि अनुमानलाई मूर्त बनाउने प्रयास भएका छन । जस्तै शुत्रबार चीनको ईतिहासमै पहिलोपटक ६ हजारभन्दा बढी बिमानको उडान रद्ध गरिएको छ । यस्तै बेईजिड. सांघाई एक्सप्रेस वेमा निजी तथा भाडाका सवारी देखिएनन् तर सेनाका ट्रकहरुको आवतजावत निकै बाक्लो देखियो । रुसबाट चीन आउने पेट्रोलियम र ग्याँस पाईपलाईन बन्द गरिए । यि सबै कुरा एकैपटक हुदाँ राष्ट्रपति शिलाई नजरबन्दमा राखिएको समाचारलाई बल पुग्यो ।
चीनका राष्ट्रपति शि हाल केहि सातादेखि सार्वजनिकरुपमा देखिएका छैनन । सेपटेम्बर १४ देखि १६ सम्म तासकन्दमा आयोजना भएको संघाई कर्पोरेसनको सम्मेलनमा भाग लिन गएका राष्ट्रपति शि आफैले आयोजना गरेको रात्रीभोजमा सरिक नभई बेईजिगं फर्किएका थिए । त्यसपछि नै शिलाई नजरबन्दमा राखिएको र सैनिक जनरल लि क्विमिड.सत्तामा आउन सक्ने अनुमानहरु गरिएका छन ।
चीनको पस्चिमी क्षेत्रमा बढदो अराजकताबीच यस्तो खबर आएका हुन । राजधानी बेईजिड.को सुरक्षाका लागि पिपुल्स लिवरेसन आर्मी (पिएलए) का हजारौ जवान पस्चिमी हेबेई प्रान्तबाट बेईजिड. पुगेको बताईएको छ । ट्रकको लाईन ८० किलोमिटर लामो भएको बताईएको छ ।
चीनिया राजनीतिक मामिलाका विज्ञहरु चीनमा यस्तो परिवर्तनको कुनै ठोस संकेत नपाईएको बताएका छन । कसैले पुष्टी नगरेपनि समाचार माध्यम र सबैभन्दा बढी समाजिक सञ्जालमा चीनमा राष्ट्रपति शिलाई नजरबन्द गरिएको र सैनिक नेतृत्व आउन लागेको खबर हावी भएका छन ।
शुक्रबारबाट नै यस्तो समाचार आएपनि प्रायः कुनैपनि मामिलामा तत्काल टिप्पणी गर्ने चीनले यो विषयमा कुनै टिप्पणी गरिएको छैन । यसले यो समाचारमा बल पुगेको छ ।