Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

काठमाडौँ क्षेत्र नम्बर २ प्रदेश सभा(क) मा बलियो बन्दै पराजुली

काठमाडौँ क्षेत्र नम्बर २ प्रदेश सभा(क) मा बलियो बन्दै पराजुली

नेप्लिज डायस्पोरा

१६, आश्विन २०७९
images
काठमाडौँ क्षेत्र नम्बर २ प्रदेश सभा(क) मा बलियो बन्दै पराजुली

सुधीर नेपाल,

काठमाडौँ, १५ असोज ।


अहिले नेपाली राजनीति एउटा चरमबिन्दूमा पुगेको छ । जसको मूल कारण हो मंसिर ४ गते हुन् लागिरहेको आम निर्वाचन । यही निर्वाचनलाई लिएर अहिले विभिन्न टिकाटिप्पणी हुने गरेका दलका आम कार्यकर्ता बिच ।


कसले टिकट पाउँछ । रेसमा को पहिलो हुन्छ । भन्ने कुराले पनि अहिले राजनीतिक बजार गर्माएको छ ।


यहि मेसोमा नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नम्वर २ प्रदेश सभा(क) को कुरा गर्दा झन् यहाँको राजनीति त छोइ नसक्नु भएको छ । लगभग लगभग संघ उम्मेदवार गठबन्धनको हातमा जाने भएपछि अब काँग्रेस कार्यकर्ताहरुको मन प्रदेश तर्फ हुत्तिन थालेको छ ।
प्रदेश(क)मा उम्मेदवार रहेकाहरु अहिले आफनो टिकटको लागि ठूलो दौडमा लागेका छन् ।


प्रदेश(क) मा उम्मेदवार रहेकाहरु मध्ये एक हुन् अर्जुन पराजुली । तरुण दलको पूर्व केन्द्रीय सदस्य नेकाको पूर्व महासमिति सदस्य एवं नेका पूर्व जिल्ला सदस्य भै सकेका नेता पराजुली आफूलाई यसपाली पार्टी टिकट दिएर जिम्मेवारी दिएमा आफू सो जिम्मेवारी निभाउन तयार रहेको बताउँछन् ।


राजनीतिक रुपले वडा नम्वर ९ भन्दा पनि ३२ लाई गहकिलो मानिन्छ । सम्पूर्ण क्षेत्रको निर्णायक भूमीका लिने ल्याक्त राखेको यो वडामा काँग्रेसको राजनीति भने कहिले पनि माथि उठ्न सकेकोे छैन । ९ नम्वरमा बिगतमा काँग्रेसको केही साख देखीए पनि अहिले काँग्रेसको स्थिती राम्रो छ भन्ने अवस्था छैन् । दुई वडा मिलेर प्रदेश(क) बनेको यो क्षेत्र काँग्रेसको लागि खासै लाभदायक मानिदैन् । तर पनि पराजुलीलाई यसपाली मौका दिने हो भने उनको बिजयी निस्चित रहेको बताउँछन् स्थानिय काँग्रेसीहरु ।

जति क्रियाशिल सदस्य र सक्रिय सदस्यहरुको लामलस्कर लागे पनि काँग्रेसको एक आपसमा बिश्वासको कमि भएकोले यो प्रदेशमा काँग्रेसको संगठन बाहिरी रुपमा मजबुत भएको भनिए पनि यसको भित्रि रुप भने त्यति मजबुत छैन् ।


अझ काठमाडौँ महानगरपालिका ३२ वडामा काँग्रेसको राजनीतिको भित्रि अवस्था बुझ्ने हो भने डरलाग्दो छ । संगठन भन्दा पनि जातिय र व्यक्तिवादी राजनीतिको हावी भएकोले काँग्रेसको संगठनलाई बिगत देखी मजबुत हुन दिइएन ।


अहिले सम्म स्थानिय निर्वाचनमा काँग्रेसले सफलता हासिल गर्न नसकेको वडामा यो चर्चित छ । धेरै मतदाता र काँग्रेसका क्रियाशिलहरु ब्याप्त रुपमा भएको यो वडामा नै निर्वाचनको व्यवहारमा आउँदा जहिले पनि काँग्रेस पछाडि रहेको उदाहरण बाहिरीरहेका छन् ।
भने यही समस्याको निराकरणको लागि पनि पराजुलीलाई अगाडी सार्नु पर्ने जरुरी भएको देखीन्छ प्रदेशको राजनीतिमा ।


उच्च सांगठनिक संरचनाको कुरा उठाउन सक्ने निडर व्यक्ति पनि हुन् पराजुली हो । तर उनको उम्मेदवारीलाई लिएर अगाडी हैमा है मिलाए पनि उनलाई उनकै वडाबाट घात हुने कुरा जति त्यसमा सत्यतता नभएको पनि प्रदेशका काँग्रेसीहरु बताउन थालेका छन् ।

images
प्रकाशित मिति :आश्विन १६, २०७९ आइतवार - १७:४६:२२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend