Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

सन्दिप नेपाल प्रहरीको नियन्त्रणमा : लाखौं कमाउने र सेलीब्रेटी सिद्धाउने अर्को खेलो

सन्दिप नेपाल प्रहरीको नियन्त्रणमा : लाखौं कमाउने र सेलीब्रेटी सिद्धाउने अर्को खेलो

नेप्लिज डायस्पोरा

२१, आश्विन २०७९
images
सन्दिप नेपाल प्रहरीको नियन्त्रणमा :  लाखौं कमाउने र सेलीब्रेटी सिद्धाउने अर्को खेलो

 


सुधीर नेपाल,
२३,भाद्र ।


नेपाली राष्ट्रिय क्रिकेटका एक क्षमतावान खेलाडी(खेल नायक) लाई आफनो भूमीको विमानस्थलबाट जसरी एउटा खुँखार अपराधी जस्तो बनाएर हतकडी लगाएर प्रहरी हिरासतमा लगियो ।

यो यहि विहिवारको घटना हो । सुने अनुसार, उनी अहिले गौशाला प्रहरी वृत्तमा छन । 

 त्यसको लागि आउँदो इतिहास सदाको लागि साँची बन्ने छ । देश र जनताको लागि आफनो जीवन खेलमय बनाउन लागि परेका क्रिकेटर सन्दिप लामिछाने गरिएको व्यवहार लाई नियाँल्दा यहाँ सरकार र यसका गृहमन्त्री कुन दिशामा चलिरहेका छन् ।


एक त नेपाल काण्डै काण्डले जेलिएको देश हो । यहाँका प्रमुख दलका नेताहरु यस्ता काण्डमा नमुछिएका कमै छन् । तर उनीहरु माथिको व्यवहार र सन्दिप माथि गरिएको व्यवहारमा आकाश जमिनको फरक भएको छ ।

मानिसको जीवन हो । कहिले कहाँ, कहिले कहाँ । सन्दिप लामिछानेको घटनालाई सम्झँदा । अहिलेको समाज कतातिर दौडिरहेको छ भन्ने लागेको छ । युवा र युवती दुबै एक अर्काको सम्भावक हुन् । कोही बिना कोही पनि रहन सक्दैन । यो ध्रुव सत्य पनि हो ।

यदि सन्दिप सामान्य नागरिक भएको भए यो कुरा उठ्ने नै थिएन । तर सन्दिप नेपाली क्रिकेटको एउटा तारा थियोे । त्यही तारा नै अहिले आँखा बन्यो । हुन् त पल शाह पनि एउटा चुनिएको नायक थिए । तर समीक्षा जस्ता युवतीको कारण उ फस्न पुग्यो ।

सन्दिप र पलको केस एउटै हो । जुन दिन पलको निर्णय भयो र १० लाखको बिटो पलले युवतीलाई दिनु पर्ने भयो । अनि सन्दिप सँग घुमेर रमाइलो गर्दै राती होटलमा मोजमस्ती गरेर आन्नद लिने । अनि पलको समाचार आउने बित्तिकै प्रहरीलाई जाहेरी दिने त्यो के का लागि भने पैसाको लागि सन्दिप सँग लागेकी ती युवतीको नाटक हो ।
अहिले नेपालमा यो प्रचलनले आधुनिक समाजलाई राम्ररी गाँजेको छ । युवतीहरुलाई कानूनले धेरै भाउ दिएको कारण यो समस्या आएको कुराहरु पनि कानूनका ज्ञाताहरुले बताउन थालेका छन् ।

सन्दिप लामिछाने नेपाली खेलकूदका एउटा क्रेज नै हो । उसको पछाडि जो पनि लाग्न सक्छ । चाहे त्यो युवती हो वा युवा यसले कुनै माने राख्दैन् । तर बजारमा एक पछि अर्को सेलीब्रेटी सिद्धाउने जुन खेलो चलेको छ । त्यसमा पनि ठूलै आर्थिक लेनदेनको कुरा लुकेको छ भन्ने गन्ध आउन थालेको छ ।

नत्र नेपालमा हरेक क्षेत्रमा सेलीब्रेटी जन्मिएका छन् । किन सन्दिप र पल माथि आक्रमण भै रहेको छ । कुनै युवकले केही गर्न खोज्छ । अनि समाजका नालायकहरु आफनो धारीलो हतियारको रुपमा युवतीलाई प्रयोग गर्छ र सेलीब्रेटीहरुलाई प्रहार गर्न थाल्छन् । भारतीय समाजमा चलेको यो चलन नेपालमा बिस्तारै आउन थालेको भान हुन् थालेको छ ।


नत्र भने सन्दिपको नाममा जाहेरी दिने युवतीको नाम किन बाहिरीदैन । खाली बदनामीको दायरामा युवक मात्र आउनु पर्ने । समाजमा पैसाको लागि नौटंकीको यात्रा गर्ने यस्ता युवतीहरुको पनि कठोर कानूनको आवश्यकता भै सकेको छ 

938D0809-6296-437C-A2D9-13B51E45BE6F.jpeg

कुरा यहाँ युवक र युवतीको मात्र होइन । कुरा हो नौटंकी समाजको । जसले आफनो फाइदाको लागि जसलाई पनि जुन खाल्डोमा हाल्न तयार हुन्छ । आधुनिक समाजको धारिलो हतियार भनेको युवती नै हो । जसलाई आफनो ब्यक्तिगत प्रयोजनका लागि आधुनिक समाजका मतियारहरुले प्रयोग गरिरहेका छन् ।


सोही अनुसार युवतीहरु प्रयोग भै रहेका छन् । यस्तो बिकृतिलाई समाजले साथ दिइरहेको छ । कानूनले साथ दिइरहेको छ । यही कानून र समाजको आडमा समाजका चुनिएका ब्यक्तिहरुलाई सिद्धयउने एउटा गिरोह सञ्चालनमा छ । आर्थिक उर्पाजनको लागि प्रयोग गरिने युवतीहरु नै यो गिरोहबाट सञ्चालित छन् । यस्ता गिरोहहरुलाई समाप्त गर्ने एउटा निकायको आवश्यकता भै सकेको छ । नत्र समाजमा लुकेर बस्नु सिवाय केही हुदैन् ।

images
प्रकाशित मिति :आश्विन २१, २०७९ शुक्रवार - २२:३३:४१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend