Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

चितवन क्षेत्र नं १ को भिडन्तमा डा. विश्व पौडेललाई सहज बन्दै

चितवन क्षेत्र नं १ को भिडन्तमा डा. विश्व पौडेललाई सहज बन्दै

नेप्लिज डायस्पोरा

१६, कार्तिक २०७९
images
चितवन क्षेत्र नं १ को भिडन्तमा डा. विश्व पौडेललाई सहज बन्दै


टिका पौडेल
प्रकृती तथा संस्कृती पे्रमी विश्व पर्यटकहरुको प्रमुख रोजाईमा पर्ने नेपालको तेस्रो पर्यटकिय गन्तव्यको केन्द्रमा पर्ने चितवन क्षेत्र नं १ को मंसिर ४ मा हुने चुनावी भिडन्त रोचक बन्दै गई रहेकोछ । चुनावी
दिन नजिकदै जाँदा नेपाली राजनितीका अत्यन्त चतुर खेलाडी मानिने, पटक पटक सत्ता र राजनीतिक लाभको पदमा पुगी सकेका पुर्व अर्थ मन्त्रि तथा निर्वतमान सांसद सुरेन्द्र पाण्डे तथा चितवनमा जन्मिएर स्कुल जिवन यही पुरा गरेर विश्व अर्थतन्त्र तथा नेपालको अर्थतन्त्रलाई सुक्ष्म बिश्लेषण गर्न सक्ने खुबी भएका तथा चितवन क्षेत्र नं १ को बिकासको गणित बुझेका अर्थशास्त्री डा. विश्व नाथ पौडेल बिच चुनावी प्रतिस्पर्धा हुदैछ ।


२ पटक चुनाव जितेर अर्थ मन्त्रि जस्तो पदमा पुगेका सुरेन्द्र पाण्डेलाई सबै मतदाता माझ परिचित अनुहार हुन् । चितवन बाट ह्याट्रीक गर्न तम्सिएका उनि एमालेमा अर्थतन्त्रमा बहसगर्न सक्ने थोरै अनुहार मध्ये एक हुन् । अन्यत्र भन्दा तुलानात्मक रुपमा सचेत मतदाता भएको चितवन जिल्लामा पश्चिम चितवनले मारेको विकासको फड्को तथा प्रशस्त सम्भावना बिचमा विकासमा पुर्व चितवन पछाडी पर्नुले यो चुनाव उनको लागी फलामको चिउरा चपाए सरह हुदैछ ।

आफै स्थानिय प्रयासमा माथि उठेको सौराहा क्षेत्र र स्व. गिरीजा प्रसाद कोईरालाको योगदानमा बनेको लोथर सौरहा तटबन्धन
बाहेक सुरेन्द्र पाण्डेले देखाउने केही छैन भन्नेउनका परम्परागत मतदाताहरुको गुनासो छ । झण्डै २ तिहाईको बहुमत प्राप्त एमाले भित्रको आन्तरीक समस्या, ओम्नी, यती र बालुवाटार काण्डले ओली
सरकारको ओज क्षिण हुदाँ उनिमा देखीएको विचलन र ढुलमुले पनले रुष्ट एमालेको संगठीत तप्का उनको पक्षमा अझै खुल्न सकेको छैन । विपक्षी भोट तान्नु पर्नेमा आफ्नै पार्टीका कार्यक्रर्ता समाल्नु पर्ने
स्थितीलेउनको चुनावी अभियान रक्षात्मक बन्न गईरहेको देखिन्छ ।

वाम राजनितिक विरासतका उनि एउटा भाई समाजवादी पार्टीमा गएर मुख्य मन्त्रि बन्दा उनि एमालेमै रहनुले नेपाली राजनितिमा आफ्नो
परिवारीक बर्चस्व कायम राख्ने प्रयास भनेर ओलीलाई बा÷देवता मान्नेहरु सन्तुष्ट हुन सकेका छैनन्।


पुर्वी चितवनकोमतमा निर्णायक मत मानिने श्रमजिवी जिल्लाका मुल निवासी थारु समुदायको आफ्नो सामुहिक उत्थान लागी कुनै प्रष्ट देखीनेकार्यक्रम दिन नसक्नुलेसुरेन्द्र पाण्डेको चुनावी रौनक विगतमा
जस्तो देखिदैन । 

पुर्व देखी पश्चिम सम्म विश्वको जुनसुकै विश्व विद्यालयमा आफ्नो बौद्धिकता बेचेर आरामदायी विलासी जिवन यापन गर्ने सामर्थ हुदाँहुदै नेपाली माटोले आफुलाई लगाएको ऋण तिर्न बौद्धिक पलायन भई
रहेको यस समयमा पनि स्वदेश रोजेका अर्थविद्विश्व पौडेल आम युवा माझ बौद्धिक व्यक्तित्व भनेर परिचित छन्। छोटो समय रष्ट्रिय योजना आयोगमा रहेर यस क्षेत्रमा दिर्घकालीन महत्वको कार्य गर्न सफल हुनुले उनको यस क्षेत्रमा ओजपुर्ण उपस्थीती देखीन्छ ।

पुर्वी चितवनको जैविक विविधताको लागी वरदान तथा मानब बसोवासको लागी प्रमुख समस्या रहेको नदिनालको व्यवस्थीत तटबन्धनमा बजेट छुट्याउन सफल हुनु, पुर्व पश्चिम राजमार्गको चितवन खण्डको ४÷६ लेन सडक योजनामा समेटीनु, पुर्वी चितवनको लोथर देखी चितवन सम्मको भुभागलाई विश्व स्तरीय पर्यटक मार्गको
परिकल्पना सहितको कार्यको सुरुवातले उनलाई आफु राजनितीमा आउनुको उद्देश्य देखाउन मद्दत गरेको देखीन्छ ।

राजनितिक बहसमा उनले यस पर्यटन मार्गले थारुजाती र थारु संस्कृतीको विकासको लागी महत्व पुर्ण योगदान दिने, पर्यटन मार्ग सगै बन्ने थारु होम स्टेले पर्यटक बसाई लम्बीएर नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव पानर्,े पहाडी भेगका चेपाङ्गहरुको विकासका लागी चेपाङ्ग मार्ग तथा पहाडी पर्यटनको अवधारण बारम्बार उठाई रहेका छन् ।

स्वच्छ पानी स्वच्छ नदिनाला, मानव तथा जंगली जिव जन्तुको भविष्यको लागी अपरीहार्य व्यवस्थीत ढल तथा ढल प्रसोधनको अवधारणा सहितको पर्या पर्यटकिय (इको) शहरको रेखा चित्रको लागी विश्व पौडेलले गर्नु भएको प्रयासको लागी यहाँका सर्वसाधरण देखी वौद्धिक वर्ग उहाँ प्रति सकारात्मक हुनुले डा. पौडेलको लागी चुनाव केही सहज बन्दै गएको देखीन्छ ।

चितवन बाट काठमाडौ जोडन ६३ कि.मि. बाटो छोटो बनाउने शक्तिखोर बाट शुरुहुने सुरुङ्गमार्ग निमार्णको सम्भाव्यता अध्ययन र निर्माण देशलाई दुरगामी प्रभाव पार्न सक्ने योजना उनका लेखहरुमा देख्न पाईन्छ उनि यसको पायोनिएर बनेकाछन्। सादगी पुर्ण जिवनमा विश्वास गर्ने यही हुर्केको स्थानिय युवा हुनु, कांग्रेसको गुटगत राजनिति बाट टाढा रहनु तथा छोटो समयमा नै राष्ट्रिय राजनितिमा आफ्नो उपस्थिति देखाउन सक्नु डा. विश्व पौडेलको सबल पक्षहरु हुनु। एमाले विभाजनको दोष लिएर एमालेमै रहनु, २ पटक निर्वाचित हुदाँ
पार्टीको अन्तरीक खिचातानिले यस क्षेत्रमा खासै उपलब्धि पुर्ण कार्य गरेर देखाउन नसक्नु सुरेन्द्र पाण्डेको दुर्बल पक्ष हुन ।

पुष्पकमल दाहालको गोरखा पलायन पछी सर्वाधिक चासो साथ हेरीएको चितवनको क्षेत्र यही हो । देशको अर्थतन्त्र असहज भएको वर्तमान अवस्थामा आगामी ५ बर्षका सम्भावीत अर्थमन्त्रिहरुको चुनावी भिडन्त बाजि कसले मार्नेहुन यो हेर्न हामीले मंसिर ४ नै कुनु पर्नेछ ।
भिजन सहितको युवा खोज्ने अहिले देश व्यापी वन्दै गएको अभियानले आम मतदाता र युवाको मनोविज्ञानमा युवा अर्थशास्त्रि डा. विश्व पौडेलको पक्षमा पर्ने देखिए पनि राजनितिक सरल रेखामा
नहिड्ने हुदाँ पौडेल र पाण्डे बिचको प्रतिस्पर्धा रोचक बन्ने निश्चित छ । बाजी नयाँ अनुहार या पुरानो अनुहार जसले मारे पनि भोलीको उज्वल नेपाल निमार्णमा चितवन क्षेत्र नं १ ले प्रभाव छोड्ने नै छ ।
देश भरका सबै मतदाताहरुमा अहिले खडा भएका

उम्मेदवार बाटनैराम्रो व्यक्ति छान्ने भन्दा अर्को विकल्प छैन ।
नेपालको राजनितीमा अक्सर भनिने तोस्रो श्रेणी (थर्ड डिभिजन), तेस्रो पुस्ता (विरासतवाल), तेस्रो परिक्षार्थी (अरुलाई परिक्षा दिन लगाएर पास हुने) हरुको बोलबला भएको अहिलेको समयमा उत्कृष्टहरु
सधै विदेशिने तथा सामजिक सञ्जालमा असन्तुष्टी मात्र पोख्ने प्रवृतीलाई रोक्न डा. विश्व पौडेल जस्ता अब्बल दर्जाकोयुवाकोप्रयोग कति प्रभावकारी देखिन्छ चितवन क्षेत्र नं १ का जनतामा निर्भर रहनेछ ।
नयाँले पुरानो लाई प्रस्तिथापन गर्ने, सबल र सक्षमको उपस्थिती देखीने सनातन विज्ञान हो । राम्रो र हाम्रो बिचको छनोटमा दिन मंसिर ४ सबै ले आफ्नो बुद्धी विकेकको सफल प्रयोग गर्ने नै छन् ।

लोकतन्त्र संस्थागत र मर्यादित बनाउन तथा नेपालको देखिने र अनुभव गर्न सकिने विकासको लागी यस चुनावले महत्वपुर्ण योगदान दिन सामर्थका साथ बौद्धिक पलायन र श्रमको पलायन रोक्न सकोस्
दुबै उम्मेदवारहरुलाई जित अग्रिम शुभकामना ।

images
प्रकाशित मिति :कार्तिक १६, २०७९ बुधवार - ०८:०८:३७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend