नेपाली लोक गीत संगीतको क्षेत्रमा क्रियाशिल गायक राजु ढुङगेलले अर्का गायक राम कुमार नेपालीसंग मिलेर मौलिक नैमती बाजामा रहेको ‘जन्म घर' गीत भिडियो सहित सार्वजनिक गरेका छन् ।
यो उनको पहिलाको चर्चित गीत माईती घरको नयां स्वरुप हो ।
पुर्वेली लोक लयमा आधारित गीतमा जिवनका भोगाई र अनुभवलाई मौलिक रुपमा समेटिएको छ । दिपक खड्काको शव्द तथा राजु ढुङगेको लय सिर्जना र सञ्जय श्रीपालको एरेन्जमा गीत तयार गरिएको गायक ढुङगेलले बताए ।
करण चैसिरको छायाँकन, अमृत चापागाईँको सम्पादन तथा याम गुरुङको निर्देशन तथा नृत्य निर्देशन भिडियोमा रहेको छ ।
गीतको भिडियोमा रिना थापा मगर , याम गुरुङ, प्रवेश थापा र आसरिना न्यौपानेको नृत्य देख्न सकिन्छ ।
गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।