Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

बागलुङका चार वटै प्रदेशबाट कांग्रेसका उम्मेदवार विजयी

बागलुङका चार वटै प्रदेशबाट कांग्रेसका उम्मेदवार विजयी

नेप्लिज डायस्पोरा

७, मंसिर २०७९
images
बागलुङका चार वटै प्रदेशबाट कांग्रेसका उम्मेदवार विजयी

बागलुङका चारवटै प्रदेश क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अघिल्लोपटक बागलुङका सबै क्षेत्रमा क्लिनस्वीप भएको कांग्रेसले यसपटक एमालेलाई क्लिन स्वीप गरेको छ ।

बागलुङ–१ (१) मा दीपेन्द्रबहादुर थापाले एमालेका हीराबहादुर केसीलाई एक हजार चार सय ७९ मतान्तरले पराजित गरे। थापाले १३ हजार आठ सय ८४ मत ल्याउनुभएको छ भने केसीले १२ हजार चार सय पाँच मत ल्याए ।
 
बागलुङ–१ (२) मा कांग्रेसका डिल्लीराम सुवेदी विजयी भए । सुवेदीले एमालेका नवराज पौडेललाई छ हजार ७५मतान्तरले पराजित गरे । सुवेदीले १३ हजार तीन सय २७ ल्याउँदा पौडेलले सात हजार दुई सय ५२ मत ल्याए । पौडेलस्थानीय तहको निर्वाचनमा कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका थिए । उनी कांग्रेस बागलुङको निवर्तमानसचिवसमेत थिए ।

बागलुङ–२ (१) मा कांग्रेस बागलुङका अध्यक्ष जितबहादुर शेरचन विजयी भएका छन् । शेरचनले एमालेका साथ पाएकास्वतन्त्र उम्मेदवार प्रकाश घर्तीमगरलाई तीन हजार एक सय  मतान्तरले पराजित गरे । शेरचनले १५ हजार एक सय आठमत ल्याउँदा घर्तीले १२ हजार आठ मत प्राप्त गरे । 

घर्ती स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले टिकट नदिएपछि ताराखोला गाउँपालिकामा स्वतन्त्र उम्मेदवारसमेतबनेका थिए ।

बागलुङ–२(२) मा कांग्रेसकै दोर्णकुमार कुँवर विजयी भएका छन्। कुँवरले एमालेका लक्ष्मण पुनलाई तीन हजार सात सय३७ मतान्तरले पराजित गरे । कुँवरले १२ हजार चार सय आठ मत ल्याउँदा पुनले आठ हजार छ सय ७१ मत ल्याए ।

images
प्रकाशित मिति :मंसिर ७, २०७९ बुधवार - ०९:४३:२६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend