शीर्ष १० औ स्थान भित्र पुगेकी द भ्वाइसकी युवा तथा प्रतिभाशाली प्रतियोगी पारिजिता बाँस्तोलाले गत सोमबार नोभेम्बर २८ का दिन दमदार प्रस्तुति गरे पछि उनि अगाडी बढ्दै शीर्ष ८ स्थान भित्र पुग्न सफल भएकी छिन । उनि सेमी फाईनलमा पुगेकी छिन ।
उनलाई नोभेम्बर २९ मंगलबारका दिन ८ मा पर्ने प्रतियोगीहरुको नाम घोषणा गर्ने क्रममा उनि यस दौडमा आफूलाई सुरक्षित राख्दै अर्को चरणमा प्रवेश गरेकी छिन ।
आज भएको घोषणामा २ जना बाहिरिएका छन् । पारिजिताले गायिका एलेसिया काराको स्कार्स टु योर ब्युटिफुल गीत प्रस्तुत गरेकी थिइन् । एलेसिया कारा क्यानाडेली गायिका तथा गीतकार हुन् । उनले १३ बर्षको उमेर देखि गीत गाउन थालेकी हुन् । उनको गीत परिजिताले गाए पछि कसैले उनलाई अङ्किय दृश्य (भिडियो )पठाए पछि बधाई दिएकी छिन । उनले सुन्दर प्रस्तुति र तिम्रो आवाज शानदार छ र शब्दहरु मधुर भएको भन्दै प्रशंसा गरेकी छिन ।
उनले परिजितालाई सन्देश पठाए पछि हर्ष व्यक्त गरेकी छिन ।
अमेरिकी द भ्वाइसको २२ औ संस्करणमा १७ बर्षीय पारिजिता बाँस्तोला १० प्रतिस्प्रद्धीहरुमा उन्को प्रस्तुति उत्कृष्ट मध्ये कै एक भएको थियो । गत सोमबार सबै १० जना प्रतियोगीहरुको प्रस्तुतीहरु अद्धितिय रहेका थिए ।
एक पछि अर्को चरणमा झन् झन अद्वितीय प्रस्तुति दिदै आएकी परिजितालाई बिश्वभरि छरिएर रहेका नेपाली तथा बिदेशीहरुले मत दिएको कारण उनि ८ औ स्थान भित्र पर्न गरेकी छिन ।
मतदान नोभेम्बर २८ तारिख बिहान ७ बजे अमेरिकी पूर्विय समय सम्म मतदानको समय रहेको थियो । परिजिता जन लेजेन्डको टोलीमा छिन् । उनि द भ्वाईसमा सहभागी हुने नेपाली मूलकी प्रथम नेपाली अमेरिकी हुन् ।
अहिले सम्मको यात्रामा नेपाली समुदायको व्यापक समर्थनबाट यहाँ सम्म पुग्न सकेकी छिन् । तर अब ८ औ स्थानबाट अन्तिम ५ मा पुग्न अत्यधिक मतदान गर्नु पर्ने छ । अब यात्रा त्यति सरल छैन ,त्यसैले बिश्वभरि यत्रतत्र छरिएर रहेका सबै नेपालीहरुले सामाजिक संजालमा व्यापक प्रचार प्रसार गरि मतदान गर्न सकेमा मात्र परिजितालाई उत्कृष्ट ५ स्थान भित्रबाट सर्वोकृष्ट बन्नेछिन ।
परिजितालाई थुप्रै नेपाली कलाकारहरुले समर्थन गरि सकेका छन् । परिजितालाई जिताउन नेपालका चर्चित हस्तीहरु मदन कृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य (मह जोडी)गायक राम कृष्ण ढकाल ,गायिका कुन्ती मोक्तान तथा संगीतकार शिला बहादुर मोक्तान ,गायक निमा रुम्बा ,आस्था राउत ,वरिष्ट गायक रबिन शर्मा ,१९७४ एडीका एड्रीएन प्रधान ,चर्चित संचारकर्मी हरि शरण लामिछाने लगायतका कलाकारहरुको साथ रहेको छ ।सबैले बिश्वभरि छरिएर रहेका संगीत प्रेमीहरुलाई मतदान गर्न आह्वान गरेका छन् ।
परिजिता अन्तरराष्ट्रिय कलाकार समाज (इनास )मेरिल्याण्डकी युवा सदस्य समेत रहेकी हुनाले इनास मेरिल्याण्डका अध्यक्ष गायक सृजन ताम्राकार ,नाम्लो इभेन्ट्सका विक्रान्त मान श्रेष्ठ ,ईनेप्लिजका विजय थापा ,परिजिताका पिता पंकज बास्तोला ,न्याकका बिनाखडका लामा ,चन्द्रलामा लगायतका व्यक्तिहरुले संसार भरि रहेका सबैलाई टीम परिजिता मार्फत परिजिता जिताउ अभियान नै संचालन गरि अहोरात्र खटिई रहेका छन् ।
परिजितालाई मत गर्ने तरीक़ाः
अमेरिका बाहिरबाटhttp://Nbc.com/voicevoteमा गएर आफ्नो बिधुतिय डाक (ईमेल) प्रयोग गरी आफ्नो परिचय बनाएर (प्रोफाईल क्रियट) गरेर १० पटक सम्म मतदान गर्न सकिने छ भने अमेरिकाबाट App Store/ Play store मा ‘The Voice App’ डाउनलोड(अधोभारण) गरेर एउटा उपकरण (डिभाईस)बाट १० पटक सम्म मतदान गर्न सकिन्छ।