Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

गजल -गीता अधिकारी ‘जून’

गजल -गीता अधिकारी ‘जून’

images
गजल -गीता अधिकारी  ‘जून’

गाउँ भनेको गाउँ हुँदोरहेछ सहर सहर हुँदोरहेछ।
एकपटक फर्किने परदेशीलाई अवसर हुँंदोरहेछ।
~~
मन्दिरबाट पुजा गरेर फर्किदा मेरो खुट्टा भाँचियो,,
थाहा पाए भगवानको आकारमा पत्थर हुँदोरहेछ।
~~
किन खुसी हुन्छन् जन्मिदा किन रुन्छन् मरणमा,,
हेर्नुहोस् जन्म र मृत्युको अक्षर बराबर हुँदोरहेछ।
~~
कसैले प्रेमको परिभाषा यस्तो सिकाएर गयो कि,,
मुटुमा बसेको मान्छे मुटुको नै तस्कर हुँदोरहेछ।
~~
निधारको लेखान्त हटाउने केही पाएको छैन मैले,,
कालोपाटीको शब्द मेटाउनलाई डस्टर हुँदोरहेछ।

 

images
प्रकाशित मिति :पौष १, २०७९ शुक्रवार - ०९:२६:३० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend