विश्व कुख्यात सिरियल किलरका रूपमा चिनिएका चार्ल्स शोभराजले प्रेमिका भनिएकी निहिता विश्वास र उनकी आमासकुन्तला थापालाई भेट्न अस्वीकार गरेका छन् ।
निहिता र शकुन्तला शोभराजलाई भेट्न अध्यागमन विभाग पुगे पनि उनले भेट्न अस्वीकार गरेका हुन् ।
एक प्रहरी उच्च अधिकारीका अनुसार शोभराजले कानुन व्यवसायीलाई भेट्न भित्र बोलाए पनि निहिता र उनकी आमासँगभने भेट्न अस्वीकार गरेका हुन् । यता, निहिता र उनकी आमा भने प्रहरीले भेट्न नदिएको भन्दै आक्रोशित भएका छन् ।
चार्ल्स गुरुमुख शोभराजलाई अध्यागमनको कडा सुरक्षा घेरामा राखेर कागजी प्रक्रिया मिलाइएको थियो । प्रेमिका निहिताविश्वास वाहिर पर्खिरहेकी थिईन।
निहिताले सुरक्षाका कारण भन्दै आफूलाई छिर्न नदिएकोमा गुनासो व्यक्त गरेकी छिन्।
आज केन्द्रीय कारागारको भित्री परिसरमा नै सुरक्षाकर्मीको गाडीमा हालेर शोभराज जेलबाट बाहिरिए थिए। शोभराज बा२ झ ३९८० नम्बरको सेतो भ्यानमा थिए। अगाडिपाडि सुरक्षाकर्मीको गाडीबाटै स्कर्टिङ। यसरी बाक्लो सुरक्षाबिचअध्यागमन विभाग पु¥याइएको थियो। सुरक्षा थ्रेटलाई महसुस गर्दै उनलाई आजनै फ्रान्स पठाउने तयारी भएको निहितालेबताएकी छिन्।
बुधबार साँझ अदालतको फैलासा आउँदा अदालतमा ६ बजेर ४५ मिनेटमा अन्तिम भेट भएको निहिताले सुनाइन्।
शोभराज सर्वोच्च अदालतको फैसलाले २०६० असोज २ गतेदेखि केन्द्रीय कारागार सुन्धारामा कैदमा थिए।
२०३२ सालमा एक अमेरिकी नागरिकको हत्या अभियोगमा उनलाई सर्वोच्चले जन्मकैदको सजाय सुनाएको थियो।
यसबीचमा २०७१ मा भक्तपुर जिल्ला अदालतले पनि एक क्यानेडियन नागरिकको २०३२ सालकै हत्या अभियोगमा पनिउनलाई जन्मकैदको सजाय सुनाएको थियो।
शोभराजलाई फ्रान्स पठाईसकिएको छ ।