Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

निर्मला पन्त हत्याको अनुसन्धान गर्न गठित अनुसन्धान टोली कञ्चनपुरमा

निर्मला पन्त हत्याको अनुसन्धान गर्न गठित अनुसन्धान टोली कञ्चनपुरमा

नेप्लिज डायस्पोरा

२०, पौष २०७९
images
निर्मला पन्त हत्याको अनुसन्धान गर्न गठित अनुसन्धान टोली कञ्चनपुरमा

काठमाडौं । निर्मला पन्त प्रकरणमा अनुसन्धान गर्न गठित अनुसन्धान टोली कञ्चनपुर पुगेको छ । कञ्चपुरकी १३ वर्षीया बालिका निर्मलाको २०७५ साउन ९ गते बलात्कारपछि हत्या भएको प्रकरणको अनुसन्धान गर्न गठित टोली कञ्चनपुर पुगेको हो।

अनुसन्धान टोलीकी संयोजक डीआईजी दुर्गा सिंहसहितको टोली आज कञ्चपुर पुगेको हो भने केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का जुनियर प्रहरी अफिसरको एक टोली कञ्चनपुरमै बसेर उक्त घटनाको अनुसन्धान गरिरहेको छ। टोलीका अन्य केही सदस्य भने कञ्चनपुर जाने तयारीमा रहेको प्रहरी स्रोतले जनाएको छ।

उपप्रधान तथा गृहमन्त्रीको कमाण्ड सम्हालेलगत्तै आफ्नो पहिलो निर्णयमा नै रवि लामिछानेले पन्तलाई न्याय दिन अधिकतम पहल गर्ने बताउनु भएको थियो । उक्त निर्देशनपछि प्रहरी हेडक्वाटरले सिंहको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समिति गठन गरेको थियो।

२०७५ साउन ९ गते साथीको घरमा पढ्न भनेर गएकी निर्मला भोलिपल्ट उखुबारीमा मृत फेला परेकी थिइन्।

images
प्रकाशित मिति :पौष २०, २०७९ बुधवार - २१:१२:२४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend