Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

नेजाका अध्यक्ष न्यौपानेले भेटे प्रधानमन्त्री र गृहमन्त्री

नेजाका अध्यक्ष न्यौपानेले भेटे प्रधानमन्त्री र गृहमन्त्री

नेप्लिज डायस्पोरा

२२, पौष २०७९
images
नेजाका अध्यक्ष न्यौपानेले भेटे प्रधानमन्त्री र गृहमन्त्री


काठमाडौँ । नेपाल अमेरिका पत्रकार संघ (नेजा)का अध्यक्ष विकासराज न्यौपानेले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेसँग छुट्टा–छुट्टै भेटवार्ता गरेका छन् ।


प्रधानमन्त्रीसँगको भेटमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, गैरआवासीय नेपालीका मुद्दालगायतका विषयमा छलफल भएको अध्यक्ष न्यौपानेले जानकारी दिए । ‘प्रधानमन्त्रीसँग भेटका क्रममा पत्रकारहरूको हकहितका लागि नेजाले उठाउँदै आएका विभिन्न विषयहरू जानकारी गराइएको छ,’ न्यौपानेले भने ।

8D2BBA99-676D-4C57-B70B-253E6BA7992B.jpeg
तस्वीर: विकासराज


यस्तै, नेजाका अध्यक्ष न्योपानेले उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री लामिछानेसँग अमेरिकामा रहेका नेपाली समुदायका विभिन्न आयामसँग नेजाले खेलेको भूमिका र गैरआवासीय नेपालीले भोग्नुपरेका समस्या समाधान गर्न नेजाको सहभागिताबारे जानकारी गराएका थिए ।

‘अमेरिकामा विभिन्न क्षेत्रमा आवद्ध पत्रकारहरूले गरेका गतिविधिबारे उपप्रधानमन्त्रीलाई अवगत गराइयो,’ न्यौपानेले भने ।


बिहीबार भएको उक्त भेटवार्तामा नवगठित सरकारका प्रधानमन्त्री र उपप्रधानमन्त्री दुवैलाई बधाई र सफल कार्यकालको शुभकामना व्यक्त गरेको पनि उनले जानकारी दिए ।


नेपाल अमेरिका पत्रकार संघ (नेजा)का अध्यक्ष न्यौपाने सुर्खेतमा सम्पन्न पत्रकार महासंघको केन्द्रीय साधारण सभामा भाग लिन अमेरिकाबाट नेपाल आएका हुन् । उनले महासंघसँग समन्वय गरी नेजाले आगामी दिनमा गर्नसक्ने भूमिकाका सन्दर्भमा विभिन्न प्रदेशमा छलफल गरिसकेका छन् ।

 

images
प्रकाशित मिति :पौष २२, २०७९ शुक्रवार - ०८:०८:०७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend