Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

पाल्पाको रैनादेवीमा बस दुर्घटना, ६ जनाको निधन

पाल्पाको रैनादेवीमा बस दुर्घटना, ६ जनाको निधन

नेप्लिज डायस्पोरा

२२, पौष २०७९
images
पाल्पाको रैनादेवीमा बस दुर्घटना, ६ जनाको निधन

पाल्पाको रैनादेवी छहरा गाउँपालिका-८, खुर्सानेमा बुधबार राति भएको यात्रुवाहक बस दुर्घटनामा ६ जनाको ज्यान गएको छ।

मृतक सबै महिला छन्।

घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक श्रीराम भट्टका अनुसार दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको छ।

रूपन्देहीको सालझण्डीबाट यात्रु लिएर पाल्पाको रैनादेवी छहराको खुर्साने गइरहेको उक्त बस गन्तव्य पुग्नै लाग्दा बुढीदमार भन्ने स्थानमा दुर्घटना भएको त्यहाँका वडाध्यक्ष रेमबहादुर रानाले जानकारी दिए।

बस सडकबाट ५० मिटर तल भिरमा खसेको र रातको समय जंगल क्षेत्रमा दुर्घटना भएकाले समयमा उद्धार हुन नसकेको उनले बताए।

'म घटनास्थलमै छु। अहिलेसम्म ६ जनाको ज्यान गएको छ। मृतकहरू सबै खुर्सानेकै हुन्,' उनले भने, 'घाइतेहरूलाई उपचारका लागि बुटवल पठाइएको छ। गाडीमा अझै ६ जना च्यापिएको अवस्थामा छन्। हामी उनीहरूलाई उद्धार गर्न खोजिरहेका छौं।'

मृतक र घाइतेहरू खुर्सानेकै भए पनि परिचय भने खुल्न नसकेको उनले बताए।

घाइते भेटिएका १५ जना मध्ये पनि १३ जना महिला र दुईजना पुरुष रहेका छन्।

प्रहरीलाई राति १० बजेतिर दुर्घटनामा परेका घाइतेले नै फोन गरेर घटनाबारे जानकारी गराएका थिए।

त्यसपछि मात्र उद्धारको लागि प्रहरी पुगेको भट्टले बताए।

पाल्पाबाट बुटवल हुँदै घटनास्थल पुगेकोले उद्धार गर्न समय लागेको भट्टले बताए।

तस्वीर र समाचार श्रोत: सेतोपाटी डटकम

images
प्रकाशित मिति :पौष २२, २०७९ शुक्रवार - ०८:१५:२७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend