Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

गुल्मीको रेसुंगा विमानस्थलमा नियमित उडान शुरु

गुल्मीको रेसुंगा विमानस्थलमा नियमित उडान शुरु

नेप्लिज डायस्पोरा

२४, पौष २०७९
images
गुल्मीको रेसुंगा विमानस्थलमा नियमित उडान शुरु

गुल्मीको रेसुंगा विमानस्थलमा अब नियमित उडान हुने भएको छ। 

आइतबार तारा एयरको प्रमाणीकरण (प्रुभिङ) उडान सफलतापूर्वक सम्पन्न भएसँगै नियमित उडान हुने भएको हो। 

एयरका प्रवक्ता सुदर्शन बर्तौलाले आइतबार (आज) प्रुभिङ उडान सम्पन्न भएसँगै अब नियमित उडानका प्रक्रिया थालिनेबताए। 

'नियमित उडानका लागि भने कम्तिमा २ देखि ३ साता लाग्नेछ' उनले भने, 'यो विमानस्थलमा तारा एयरले प्रारम्भमा रेसुंगानगरपालिकासँगको समन्वयमा उडान गर्नेछ।'

आज बिहान ११:१४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको तारा एयरको नाईन एन एएलओ ट्वीनअटर–४००वायुयान गुल्मीको रेसुंगा नगरपालिका–१० स्थित सिमिचौरमा निर्माण भएको रेसुंगा विमानस्थलमा १२ बजे अवतरणभएको थियो। 

यसअघि पनि २०७५ जेष्ठ २५ गते तारा एयरले नै टेष्ट फ्लाइट गरेको थियो।

उक्त वायुयानलाई तारा एयरका वरिष्ठ चालक द्वय क्याप्टेन सन्तोष कुमार साह र क्याप्टेन सन्जिब श्रेष्ठले उडान गरेकोप्रवक्ता बर्तौलाले बताए।

उनकाअनुसार जहाजमा गुल्मी जिल्लाबाट निर्वाचित सांसद चन्द्र भण्डारी, एमाले उपमहासचिव प्रदीप ज्ञवाली, प्रदेशसभासदस्य धनेन्द्रबहादुर कार्की, नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री लगायतका राजनैतिक ब्यक्तित्व, रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीलगायत तारा एयर र नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूरहेका थिए।

 

images
प्रकाशित मिति :पौष २४, २०७९ आइतवार - २०:०१:४६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend