पुस २५, २०७९ | नयाँ दिल्ली
भारतको उत्तर प्रदेशमा लखनउ–आगरा ‘एक्सप्रेस वे’ मा सोमबार बिहान भएको सवारी दुर्घटनामा तीन जना नेपालीनागरिकको मृत्यु भएको छ । दुर्घटनामा ७ जना घाइते भएका छन् ।
घाइतेहरु सबैजसो नेपाली नै हुन् ।
दुर्घटनामा कैलालीको टीकापुरका ५५ वर्षिय चन्द्र साउद, ४५ वर्षका ललित साउद र २० वर्षिया निर्मला बोहरा रहेकोभारतस्थित नेपाली दूतावासका काउन्सिलर नेपाल प्रहरीका एसएसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो ।
राजकोट गुजरातबाट उत्तर प्रदेशको लखिमपुर खिरी जाँदै गरेको आरजे २७ पी ए ५७०६ नम्बरको बस दुर्घटनामा परेको हो।
दिल्लीस्थित नेपाली दूतावासले घटनापछि उत्तर प्रदेशका प्रहरी प्रशासनसँग समन्वय गरेको जनाएको छ ।
दूतावासका काउन्सिलर नेपाल प्रहरीका एसएसपी चतुर्वेदीले बसमा रहेका अधिकांश यात्रु नेपालको रहेको जानकारीआएको बताउनुभयो ।
तीब्र गतिमा रहेको बस बाक्लो कुहिरोमा अगाडिको टिपरसँग ठोक्किन पुगेको थियो । बसमा सवार अधिकांश नेपालीभारतमा पेसा, व्यवसाय र मजदुरी गर्दै आएकाहरु घर फर्किदै थिए