जनवरी ९, सिड्नी अस्ट्रेलिया : विनोद अग्रहरी, सबैभन्दा कम खर्चमा सिड्नी पुगेको नेपाली म नै हुँला । साथी प्रमोदलेपठाएको Buisness College को I-20 मद्दत र आफै Visa Apply गरेर म २ हजार डलर तिरेर ५ सय डलर साथमाबोकेर सिड्नी पुगें ।
दुई जना साथी मलाई लिन एयरपोर्ट आएका थिए । उनीहरुसँगै म उनीहरुको अपार्टमेन्ट Strathfield पुगें । ट्याक्सीकोभाडा ३५ डलर पनि साथीहरुले नै दिए ।
३५ डलरलाई नेपाली रुपैयाँमा Convert गरेर सोच्दा म दङ्ग परें ।
भोलिपल्ट साथीहरुले बैंक लगेर Account खोलिदिए र ट्रेनको टिकट कसरी काट्ने भन्ने सामान्य कुराहरु सिकाईदिए ।
हामी अस्ट्रेलिया आउँदा यति नै साथीहरुले सिकाएका हुन् मैले पनि त्यही नै तिमिलाई सिकाए । जब आफै खोज्नुपर्छ ।’– एक जना साथीले भने । नयाँ माहौल, नयाँ ठाउँ सबै नबुझे जस्तो थियो ।
आफ्नो पढ्ने कलेज पुगें । कलेज हेरेर छाङाबाट खसेजस्तो भयो । कलेजको नाममा एउटा सानो घर रहेछ । एउटाProjection TV र एउटा Teacher मात्रै । विद्यार्थी सबै नेपाली र ईन्डियन । आफू पहिलो पटक राम्रैसँग ठगिएको थाहाभयो ।
त्यो बुढो Teacher भन्दा मैले नै राम्रोसँग पढाउन सक्छु भन्ने भान भयो । सुरुवाती दिनहरुमै म विहानदेखि बेलुकासम्मJob खोज्दै हिंड्थे । जुन दिन आफूसँग भएको ५ सय डलर सकियो त्यही दिन मिराण्डाको सपिङ मलको KFC माकुकको जागिर पाएँ ।
Part time जबमा पनि एक सेकेण्ड खाली बस्न नपाईने ।
चिकेन पकाउँदा–पकाउँदा मेरो सपनामा पनि कुखुराहरुले मलाई दौडाएको देख्न थालें । घरपरिवारसँगको विछोड, पढाईको अवस्था अनि आफूलाई अस्ट्रेलिया पठाउँदा लागेको खर्च
बुबाआमालाई पठाउनुपर्छ भन्ने आफ्नै मनको दबाबले म डिप्रेसनमा जान थालें । कुखुरा पकाउन त म पक्कै आएको हैनभन्ने मलाई मनमा लाग्थ्यो ।
नेपालमा मैले बीएससी पढदापढ्दै एउटा सानो केबल टीभी व्यवसाय गरेको थिएँ । त्यसको प्राविधिक जानकारी मलाईधेरै थियो । कहिले कर्मचारी नआउँदा म आफैले नै पोल–पोलमा चढेर काम गर्नुपथ्र्यो ।
मलाई त्यो काम कहिल्यै पनि मन पर्दैनथ्यो । त्यो ब्यबसायदेखि दिक्क लागेर आफ्नो बुबालाई म फसें मात्र भन्ने गर्थे ।कसैले पोलमा चढेर काम गरेको देख्दा मलाई लाज लाग्थ्यो । मलाई के भन्छन् होला भन्ने सोच्थें । सो कामबाट दिक्कलागेर नै म अस्ट्रेलिया पुगेको थिएँ ।
सबै जना मेरो कुरा सुनेर गलल्ल हाँस्दै भने– भाई हामी त अहिलेसम्म जहाँको त्यहीं छौं । तिमी के नै गरौला र ? उनीहरुलेखिसि गरे । पछि मैले बिहीबार निस्किने Sydney Herald को Job भ्याकेन्सीहरु पनि सबै हेर्न थालें ।
मैले यो पत्रिका नेपालमा पाएको भए म केही न केही तयारी अवश्य गरेर आउँथे भनी सोच्थें । तर सबैजना ममाथि हाँस्थे ।
एकदिन कामबाट घर फर्कंदै गर्दा बाटोमा तीन/चार वटा सेतो भ्यान र केही प्राविधिकहरुले पोलमा काम गरिरहेको देखें ।
बसबाट तल झरेर कुरा गर्न खोजें । संजोगले मिस्टर रोयसँग भेट भयो । रोय अप्टस भिजनमा सुपरभाईजर रहेछन् । मैलेआफ्नो सबै कथा उनलाई भनें र राम्रो काम नपाए नेपाल फिर्ता जाने कुरा समेत सुनाएपछि उनले भने, विनोद तिम्रोनेपालको अनुभवले यहाँ काम दिंदैन ।
र हाम्रो काम गर्ने तरिका नै फरक हुन्छ, मलाई केही समय देउ, म तिम्रो लागि केही न केही अवश्य गर्छु । रोयले मसँगअस्ट्रेलियन ड्राईभिङ लाईसेन्स छ कि छैन भनेर पनि सोधे । मैले चाँडै नै लाईसेन्स लिने जवाफ दिंदै जसरी भएपनि काममिलाईदिन अनुरोध गरें । उनले सही समयमा अवश्य खबर गर्छु भनेर आश्वासन दिए ।
उनको आश्वासनपछि मैले भोलिपल्टदेखि नै ड्राईभिङ स्कुलमा भर्ना भई ४० डलर प्रतिघण्टामा गाडी सिक्न सुरु गरें ।नेपालमा कहिल्यै Lane नदेखेको, न त गाडी नै चलाएको ! मलाई धेरै गाह्रो भयो ।
गाडी सिकाउने महिला Instructor मसँग जहिल्यै पनि रिसाउँथिन् र भन्थिन्– तिम्रो जस्तो लद्दु मैले मेरो २० बर्षकोअनुभवमा कहिल्यै पनि देखिन । तर मलाई ड्राईभिङ सिक्नु नै थियो, सिकें पनि । सामान्यतया ३० घण्टामा सिकिनेड्राईभिङ कोर्स सिक्न मलाई झण्डै ९० घण्टा लाग्यो ।
दुई पटक ड्राईभिङको परीक्षामा फेल भएँ । दुई महिनापछि एउटा फोन आयो, जुन मिस्टर रोयको थियो । उनको आग्रहअनुसार मैले उनको कार्यालयमा गएर भेटें । मैले तिम्रो Admission TAFE मा गरिदिएको छु र लाग्ने फि १६ हजार डलरपनि कम्पनिबाट तिरिदिएको छु ।– मसँगको भेटमा रोयले भने ।
Www.ratojhanda.com बाट