Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

पल शाहले सफाई पाए

पल शाहले सफाई पाए

images
पल शाहले सफाई पाए

अभिनेता पल शाहले सफाइ पाएका छन् । जिल्ला अदालत तनहुँले बालिका बलात्कारको आरोप लागेका शाहलाई आजसफाई दिएको हो ।

न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले अभियोग दाबी नपुग्ने फैसला गरेको अदालतको वेबसाइटमा उल्लेख छ। 

जिल्ला सरकारी वकिलको कार्यालय तनहुँले गएको फागुनमा पलविरूद्ध अधिकतम १४ वर्ष कैद सजायको माग गर्दैअभियोग पत्र अदालतमा दर्ता गरेको थियो।  

नाबालिग गायिकाले झूटो प्रेमको बहाना गरेर पोखरा, तनहुँ र नवलपुरमा पटक-पटक पलले बलात्कार गरेको भन्दै उनकापरिवारले तनहुँ प्रहरीमा उजुरी दिएको थियो।

जिल्ला अदालत तनहुँले अभियोगमा दाबी नपुग्ने भनेको छ। यसको अर्थ बलात्कारको मुद्दाबाट सफाई दिएको भन्ने हो।

पीडित परिवारले नवलपुर प्रहरीमा पनि जाहेरी दिएको थियो। त्यहाँ सरकारी वकिलले बलात्कार मुद्दा चलाएको थियो।  

नवलपुर अदालतले उनलाई बलात्कार मुद्दाबाट सफाइ दिएपनि बाल यौन दुर्व्यवहारमा साढे दुई वर्ष कैद सुनाएको थियो।

images
प्रकाशित मिति :माघ ३, २०७९ मंगलवार - १९:१७:३५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend