Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

रवि लामिछानेको सांसद पद सर्बोच्चबाट खारेज

रवि लामिछानेको सांसद पद सर्बोच्चबाट खारेज

नेप्लिज डायस्पोरा

१३, माघ २०७९
images
रवि लामिछानेको सांसद पद सर्बोच्चबाट खारेज

सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद बदर गरिदिएको छ।

गत मंसिरको चुनावमा लामिछाने चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।

उनको नागरिकता र राहदानी विवादित थियो।

आज फैसला गर्दै सर्वोच्च अदालतले लामिछानेको सांसद पद बदर गरिदिएको हो।

‘रवि लामिछानेले प्राप्त गरेको अमेरिकी नागरिकता परित्याग गरेपछि विधिवत रूपमा नेपाली नागरिकता पुन: कायम गर्ने प्रक्रिया पूरा गरेको नदेखिएको हुँदा निजले प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार हुन वा सो पदमा निर्वाचित भई कायम रहन मिल्ने देखिएन,’ फैसलामा भनिएको छ।

साथै सर्वोच्चले लामिछानेले चितवन २ मा उम्मेदवार हुन पाउने अवस्थासमेत नरहेको प्रष्टाएको छ। ‘निजले चितवन २ बाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार हुन पाउने अवस्था नरहेकोमा उम्मेदवार भई निर्वाचितसमेत भएको देखिँदा निज प्रत्यर्थी रवि लामिछानेलाई उम्मेदवार कामय गर्ने, निजलाई निर्वाचित घोषणा गर्ने, प्रमाण पत्र दिनेलगायत कामकारबाही नेपालको संविधानको धारा १३३ को उपधारा २ (३) तथा धारा १३७ बमोजिम उत्प्रेषणको आदेशले बदर हुने ठहर्छ,’ फैसलामा भनिएको छ।

फैसला लगत्तै रविका शुचिन्तकहरु अदालत परिसरमा नाराबाजी गरिरहेका छन् ।

images
प्रकाशित मिति :माघ १३, २०७९ शुक्रवार - १८:१९:४५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend