Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

पूर्वसचिव रामेश्वर खनालले नयाँ विवाह गरे

पूर्वसचिव रामेश्वर खनालले नयाँ विवाह गरे

नेप्लिज डायस्पोरा

१३, माघ २०७९
images
पूर्वसचिव रामेश्वर खनालले नयाँ विवाह गरे

१३ माघ, काठमाडौं । पूर्वसचिव रामेश्वर खनालले नयाँ वैवाहिक जीवन सुरू गरेका छन् । सरिता शर्मा पोखरेलसँग बिहीबारदेखि खनालले नयाँ दाम्पत्य जीवन सुरू गरेका हुन् ।

२१ असोज, २०७६ मा खनालकी श्रीमती सुचित्रा खनालको क्यान्सरका कारण निधन भएको थियो । त्यसपछि एकल जीवन बिताइरहेका खनाल र १९ वर्षदेखि एकल जीवन बिताइरहेकी शर्माले आफ्ना आफन्त र परिवारको प्रस्तावलाई स्वीकार्दै सहयात्रा गर्ने निर्णय गरेका हुन् ।

‘पारम्परिक रुपमा विवाह गरेका हैनौं, बाँकी जीवन साथै बिताउने निर्णय गरेका हौं,’ खनालले अनलाइनखबरसँग भने,‘परिवारको साथ र समर्थनमा हामीले सहयात्रा थालेका छौं ।’

खनाल र शर्मा दुवैका एक–एक छोरी छन् । शर्माको श्रीमानको पनि १९ वर्षअघि निधन भएको थियो । विवाहको ६ वर्षमै छोरी ५ वर्षको हुँदा पति वियोग सहेकी शर्माले एकल महिलाकै रुपमा छोरीलाई लालनपालन र शिक्षा दिक्षा दिएकी थिइन् ।

images
प्रकाशित मिति :माघ १३, २०७९ शुक्रवार - १८:४१:०५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend