सांसद तथा काग्रेस नेता चन्द्र भण्डारीको स्वास्थ सुधारोन्मुख भएको जानकारी प्राप्त भएको छ ।
भारतको वर्न अस्पतालमा उपचार भईरहेको स्थानबाट कांग्रेस नेता योगराज कंडेलले नेप्लिज डायस्पोराका सम्पादक सतिश चापागाईसंग भने, "दाईको अवस्था धेरै सुधार भएको छ ।"
भारतको अस्पतालबाट काग्रेस नेता योगराज कंडेल लेख्छन:
०९:०० वजे (राती)
आज विहान डा. मुकेश मिस्राज्यूसंग काउंसिलिंग पश्चातको अपडेट राखिन किनकी हिजोवाट चन्द्र दाजीलाई नली मार्फत खाना शुरू गरिएको थियो तर विहान डिहाईड्रसनका कारण पिसाव कम भयो र प्लेटलेट्स एक लाखमा झरेको भन्ने जानकारी डाक्टरले गराउनु भएको थियो ।
डा. मिस्राले डिहाईड्रेसनका कारण तरलको मात्रा बढाउँछौ साँझ सम्म ठिक हुन्छ भन्नु भयो । साथै प्लेटलेट्स २-३ दिनमा बढी हाल्छ भन्नु भयो ।
सोही वमोजिम अहिले भर्खरै डा. अमुल मात्रेज्यू सँग भेट पश्चातको काउंसिलिंगमा पिसावको मात्रा नर्मल रहेको, र अन्य पारामिटर समेत नर्मल रहेको जानकारी गराउनु भयो ।
दिउसो वहाँको छातीको फिजियो गरायो साथै अहिले वहाँलाई शिशा वाहिरवाट हेर्दा आँखा खुला राखेर हेरि रहेको अवस्था थियो ।
मुहारको डडेको कालो छाला झरि नयां पलाउन लागेको जस्तो देखिन्छ ।
कृतिम अक्सीजनको मात्रा ३५ प्रतिशतमा झारेको छ । भोली कृतिम अक्सीजनलाई ० गर्ने र प्राकृतिकरूपमा श्वास प्रश्वासको ट्रायलमा लैजाने योजना रहेको डा. मात्रेले वताउनु भयो । योगराज जि मार्फत जानकारी !!!