Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

रामचन्द्र पौडेललाई राष्ट्रपतिमा उठाउन कांग्रेसभित्र सर्बसम्मती, आठ दल कांग्रेस संगै

रामचन्द्र पौडेललाई राष्ट्रपतिमा उठाउन कांग्रेसभित्र सर्बसम्मती, आठ दल कांग्रेस संगै

नेप्लिज डायस्पोरा

१३, फाल्गुण २०७९
images
रामचन्द्र पौडेललाई राष्ट्रपतिमा उठाउन कांग्रेसभित्र सर्बसम्मती, आठ दल कांग्रेस संगै

काठमाडौँ । नेपाली कांग्रेसले रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ।  

पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । 


यसअघि बैठकमा सभापति शेरबहादुर देउवाले पौडेलको नाम प्रस्ताव गरेका थिए । 

पौडेलको नाम बैठकबाट अनुमोदन भएसँगै आजै १ बजे पौडेलले उम्मेदवारी दर्ता गराउने तयारी भएको छ। 

कांग्रेसको उमेद्वारलाई आठ दलिय गठबन्धनले सहयोग गर्ने यसअघि नै सहमती भएको छ ।

राष्ट्रपतिको पदमा एमाले र अन्य पार्टीले कस्लाई उमेद्वार बनाउने हुन अझै टुंगो लागेको छैन ।

राष्ट्रपतिको पदको लागि फागुन २५ गते निर्वाचन हुने कार्यतालिका उल्लेख छ ।

 

images
प्रकाशित मिति :फाल्गुण १३, २०७९ शनिवार - १०:५५:४६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend