Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

आठ गजलकारको शब्दमा बनेको एउटा गजल मीठो संगीत सहित सार्बजनिक

आठ गजलकारको शब्दमा बनेको एउटा गजल मीठो संगीत सहित सार्बजनिक

नेप्लिज डायस्पोरा

२३, फाल्गुण २०७९
images
आठ गजलकारको शब्दमा बनेको एउटा गजल मीठो संगीत सहित सार्बजनिक

 

अमेरिकामा रहेर नेपाली गजलको क्षेत्रमा क्रियाशील ‘गजलयात्रा’को अगुवाईमा नेपाली गजल गायनमा नयाँ प्रयोग भएको छ ।

एउटै गजलमा ८ फरक गजलकारहरुको १-१ शेर समावेश गरेर तयार गरिएको सांगीतिक गजल ‘तिमीलाई हेर्दाहेर्दै‘ अमेरिकाको समय अनुसार शुक्रवार सॉंझ ७ बजे (मार्च ३ २०२३) गजलयात्राको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।

अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्दै आएका ८ गजलकारको उक्त संयुक्त गजलमा संगीत र गायन भने गायक तथा संगीतकार केशव पौडेलको र एरेन्ज जुगल डंगोलको छ ।

गजलकार आनन्द श्रेष्ठको मतला रहेको सो गजलमा पवन लामिछाने, कृष्ण कुसुम, रोहित राना, गोवर्धन पूजा, डिल्लु चम्लागाई, बासुपुष्पा अधिकारी र सतीश त्रिपाठीका शेर समावेश छन् ।


‘हामी सधैं नयॉं केहि गरौं भनेर लागिरहेका हुन्छौं, त्यहि क्रममा यो काम गरिएको हो ।’ गजलयात्राका संस्थापक संयोजक गजलकार पवन लामिछानेले भने - ‘कोरोनाको त्रासदीपूर्ण समयमा हामी नजिकका साथीहरु यौटा शेर लेख्दै बॉंकी शेर थपेर गजल पुरा गरौं भनेर फ़ेसबुक समुहमा पालैपालो राख्थ्यौं र यौटा गजल पुरा गर्थ्यौं । त्यहि बिचमा १-१ शेर गजल वाचन गरिएको भिडियो हरु बनाएर अपलोड गर्यौं । पछि सबैको सल्लाहमा यौटा सॉंगीतिक गजल नै तयार गर्ने योजना बन्यो । मलाई लाग्छ नेपाली गजल गायनको इतिहासमा यो बिल्कुलै नयाँ प्रयोग हो। गजलको क्षेत्रमा भैरहेको गुटबन्दि र आरोप पत्यारोप चलिरहेको समयमा यस प्रकारको सहकार्यले नेपाली गजल क्षेत्रमा सकारात्मक सन्देश दिनेछ भन्ने आशा गरेका छौं ।’

आठ गजलकारहरुको साथमा एकै पटक काम गर्न पाउदा
उत्साहित छु - गायक एवं संगीतकार केशव पौडेलले बताउनुभयो ।

सार्वजनिक भएको लिरिकल भिडियो ‘एक शेर गायन’ अभियानका संयोजक समेत रहेका गजलकार पवन लामिछानेले तयार गरेका हुन् ।

images
प्रकाशित मिति :फाल्गुण २३, २०७९ मंगलवार - २०:११:१० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend