Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

नेपालको उपराष्ट्रपतिमा चार जनाको उमेद्वारी

नेपालको उपराष्ट्रपतिमा चार जनाको उमेद्वारी

नेप्लिज डायस्पोरा

२८, फाल्गुण २०७९
images
नेपालको उपराष्ट्रपतिमा चार जनाको उमेद्वारी

उपराष्ट्रपतिको निर्वाचनको लागि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएको छ। 

चैत ३ गते हुने निर्वाचनको लागि निर्वाचन अधिकृतको कार्यालयले चार जनाको नामावली सार्वजनिक गरेको हो। 

नेकपा एमालेबाट अष्ट लक्ष्मी शाक्य, जनता समाजवादी पार्टी (जसपा)बाट प्रमिला कुमारी यादव, रामसहाय प्रसाद यादव र जनमत पार्टीकी ममता झाको नाम सार्वजनिक भएको हो। 

राष्ट्रपति खस-आर्य समुदायका पुरूष निर्वाचित भएपछि उपराष्ट्रपतिमा महिला हुनुपर्ने भन्ने विवाद आएपछि जसपाले दुई जनाको उम्मेदवारी दिएको थियो। 

यसो हुँदा सत्ता गठबन्धनमै रहेको जनमत पार्टीले पनि ममता झालाई उम्मेदवार उठाएको हो। रामसहाय प्रसाद यादवको उम्मेदवारी परेपछि अष्टलक्ष्मी र ममताले उनीविरूद्ध उजुरी दिएका थिए। 

तर निर्वाचन अधिकृतको कार्यालयले संविधानको व्यवस्थाअनुसार उनको उम्मेदवारी खारेज गर्नुनपर्ने भन्दै उम्मेदवारी कायम नै राखेको हो।

शाक्य आदिवासी-जनजाति समुदायकी हुन् भने अन्य तीन जना मधेशी समुदायबाट छन्। जनमत पार्टीले उपराष्ट्रपतिको उम्मेदवार फिर्ता नगर्ने जनाइसकेको छ। 

सत्ता गठबन्धनले भने साझा उम्मेदवार बनाउनेबारे छलफल गरिरहेको छ।

images
प्रकाशित मिति :फाल्गुण २८, २०७९ आइतवार - १८:४८:१४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend