“के खायौ बाबु” नामको म्युजिक भिडियो बजारमा आएको छ । अमेरिका निवासी राम लामा अविनाशीको यी मार्मिकशब्दहरूलाई भारतका जीवन अधिकारीले आफ्नो सङ्गीतको लयले बाँधेका छन् । उक्त सङ्गीतलाई वाध्यवादनकाकुशल शिल्पी मनोहर सुनामले एरेन्ज गरेका हुन् । यसरी तयार भएको सुमधुर सङ्गीतलाई भारतकी स्नेहश्री थापालेआफ्नो जादुमय आवाज मिसाएर गीतको प्राण प्रतिष्ठा गरिदिएकी छिन् ।
गीतको रेकर्डिङ्ग भारतको पिसी स्टुडियोका प्रकाश छेत्रीले गरेका हुन् भने बाँकी सङ्गीत सँयोजनको रेकर्डिङ्ग साउण्डडिजाइन, नक्सालका भोला पौडेलले गरेका हुन् ।
कृष्ण पौडेलको कुशल निर्देशनमा आमाको भूमिका हिउँवाला गौतमले गरेकी हुन्, छोराको भुमिकामा प्रकाश आचार्यलेगरेका हुन् , अन्य कलाकारहरूमा बिदुर सिग्देल,सविना पौडेल र दिब्यान्श्री पौडेल रहेका छन् । क्यामरामा सुजन श्रेष्ठरहेका छन् भने भिडियोको एडिटिङ्ग युबराज खत्रीले गरेका हुन् । भिडियो एक्सन फ्लिम प्रा लि ले तयार पारेको हो ।
आफ्नो श्रीमानको देहान्त पछि दु:ख जिलो गर्दै हुर्काएको आफ्नो मुटुको टुक्रा जस्तो छोरा अध्ययनका लागि बिदेशीए पछिछोराको चिन्ताले सताएको आमाको बिलौना समेटिएको छ ।
भिडियो हेर्न यहॅा क्लिक गर्नुहोला :-