Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

राष्ट्रपति पौडेलको प्रमुख स्वकीय सचिवमा डा.चालिसे नियुक्त

राष्ट्रपति पौडेलको प्रमुख स्वकीय सचिवमा डा.चालिसे नियुक्त

नेप्लिज डायस्पोरा

३०, फाल्गुण २०७९
images
राष्ट्रपति पौडेलको प्रमुख स्वकीय सचिवमा डा.चालिसे नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख स्वकीय सचिवमा पूर्वराजदूत डा. सुरेशचन्द्र चालिसे नियुक्त भएका छन्।

राष्ट्रपतिको प्रमुख स्वकीय सचिवमा डा. चालिसेलाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। डा. चालिसे पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको परराष्ट्र सल्लाहकार भएका थिए। उनी नेपालका लागि अमेरिका र बेलायतका पूर्वराजदूतसमेत हुन्।

त्यसैगरी राष्ट्रपति पौडेलको निजी सचिवमा चिरञ्जीवी अधिकारी नियुक्त भएका छन्। उनी लामो समयदेखि पौडेलको स्वकीय सचिवका रूपमा कार्यरत छन्। तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित पौडेल यही फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका हुन्। उनले सोमबार राष्ट्रपति पदको शपथ लिएका थिए।

images
प्रकाशित मिति :फाल्गुण ३०, २०७९ मंगलवार - २१:३२:२० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend