Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

आलोचनापछि फेरियो राष्ट्रपति पौडेलको औपचारिक तस्बिर

आलोचनापछि फेरियो राष्ट्रपति पौडेलको औपचारिक तस्बिर

नेप्लिज डायस्पोरा

१, चैत्र २०७९
images
आलोचनापछि फेरियो राष्ट्रपति पौडेलको औपचारिक तस्बिर

 

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको औपचारिक तस्वीर पहिलाको हटाएर नयां सार्वजनिक गरिएको छ ।

यसअघि, पौडेलको अनुहारमा रहेको कोठी फोटोसपबाट एडिट गरेर हटाइएको थियो । सफाचट अनुहार भएको तस्वीरसार्बजनिक गरिएको थियो । यो विषयमा सामाजिक सन्जालमा चौतर्फी प्रतिक्रिया उत्पन्न भएपछि अहिले दुवै गालामाकोठी भएको तस्बिर सार्वजनिक गरिएको हो ।

चौतर्फी आलोचना भएपछि राष्ट्रपति कार्यालयको 'बेवसाइट'मा पनि वास्तविक (एडिट नगरिएको) तस्बिर राखिएको छ ।अहिले (बुधबार) राखिएको औपचारिक तस्बिरमा नेपालको झन्डा र सरकारको राष्ट्रिय चिह्न अर्थात् होलोग्राम देख्नसकिन्छ ।

राष्ट्रपतिको यसपटकको तस्बिर भने वास्तविक देखिएको छ । शपथग्रहणलगत्तै पहिलोपटक सार्वजनिक गरिएकोऔपचारिक तस्बिरमा कम्प्युटरबाट एडिट (सम्पादन) गरिएको थियो । त्यसमा राष्ट्रपतिका गालामा रहेका कोठी रअनुहारका धर्साहरु पनि हटाइएको थियो । सम्पादन गरिएको तस्बिर पौडेलको रुपरंगसँग वास्तविक देखिँदैनथ्यो ।

9089401D-588B-4570-AFD0-C5864F647BEC.jpeg

राष्ट्रप्रमुखको तस्बिर देशभरका सरकारी कार्यालयमा झुन्ड्याउने चलन भएकाले राष्ट्रपति पौडेलको आधिकारिक(औपचारिक) तस्बिर भन्दै राष्ट्रपति कार्यालयको वेबसाइटमा सार्वजनिक गरिएको हो । अब राष्ट्रपति पौडेलको यहीतस्बिर औपचारिक रुपमा सम्पूर्ण कार्यालयहरुमा राखिनेछ

images
प्रकाशित मिति :चैत्र १, २०७९ बुधवार - १७:३९:१८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend