काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कर्मचारीबाट शव ल्याइएकाबाकसहरु समेत फोड्न थालिएको बताएका छन् ।
प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद ढकालले यात्रुका सुटकेससँगै शव बोकेका बाकस पनिकर्मचारीले फुटाउन थालेको बताएका हुन् ।
विदेशबाट ल्याइएका शवका बाकस पनि एयरपोर्टमा फोडिएको छ । गरगहना र महत्वपूर्ण सामान छन् कि भनेर लुट्नकर्मचारीले त्यसो गरिरहेका छन् । शव ल्याएका बाक्साहरु पनि फोडिएको देख्दा भ्रष्टचारको जरो कति गाडिएको छ भन्नेछर्लङ्ग भएको छ,’ उनले भने ।