काठमाडौं । मंसिर ४ को संघीय निर्वाचनमा चितवन रविका विरुद्ध कांग्रेसका तर्फबाट चुनाव लड्न चाहेका स्वर्णिम वाग्लेयतिबेला राष्ट्रपति रामचन्द्र पौडेलको क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चुनाव लड्ने भएपछि सबैको ध्यान तनहुँक्षेत्र नं १ मा तानिएको छ ।
त्यतिमात्र होइन नेपाली कांग्रेसभित्र पछाडि परेका गोविन्द भट्टराई र एमालेबाट सर्वेन्द्र खनालले पनि त्यही क्षेत्रबाट निर्वाचनलड्ने हुँदा त्यहाँको रौनक बढ्ने देखिएको छ ।
बैशाख १० गते तनहुँ क्षेत्र नम्बर १ मा हुने उपनिर्वाचनमा कांग्रेस, एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका तीन वटै उम्मेदवार फरकफरक पृष्ठभूमि र पहिचानबाट आएका छन् ।
आर्थिक क्षेत्रको विज्ञको रुपमा चिनिएका र नेपाली कांग्रेसको तर्फबाट पटक पटक लाभको पद लिइसकेका वाग्नेलेकांग्रेसलाई गाली गर्दै रास्वपाबाट उम्मेदवार बन्ने भएका छन् ।
त्यस्तै सुरक्षा निकायको उपल्लो तह आईजीपीबाट अवकाश पाएका तर काठमाडौं क्षेत्र नं ६ मा रास्वपाकै उम्मेदवारसँगपराजित भएका सर्वेन्द्र खनाल पनि त्यही क्षेत्रमा एमालेको तर्फबाट जाँदैछन् ।
जसले गर्दा त्यहाँ त्रिपक्षीय भिडन्त हुने देखिएको छ ।
गत निर्वाचनमा तनहुँ १ बाट कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले २५ हजार ३१३ मत पाएर जित हात पारेका थिए ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका एकबहादुर राना १९ हजार ९२५ मतमा रोकिए । दुईजना बीचको मतान्तर ५हजार ३८८ रहेको थियो । कांग्रेसका पूर्व नेता गोविन्दराज जोशीले ६ हजार ८७७ मत प्राप्त गरेका थिए ।
गोविन्द भट्टराई ४० बर्षदेखि जनताकै साथमा रहेर यहाको विकास निर्माणमा खटिएका नेता भएकोले उनको पल्ला भारीदेखिन्छ ।
तर सामाजिक संजाल र देशभरबाट देखिएको स्वतन्त्र पार्टीको लहरका कारण स्वर्णीम वाग्लेले पनि राम्रै टक्कर दिएकोअनुमान गरिएको छ ।
दुबैजनाले कांग्रेसको भोट तानातान गर्ने भएकोले एमालेका सर्बेन्द्र खनालले चान्स पाउने अड्कल पनि गरिएको छ ।
अहिलेको निर्वाचनमा त्यहाँ जोशी समूहले जसलाई सहयोग गर्छ उसले निर्वाचन जित्ने संभावना रहेको छ ।