Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

स्वर्णीमले तनहुंका मतदातालाई यसरी आभार व्यक्त गरे

स्वर्णीमले तनहुंका मतदातालाई यसरी आभार व्यक्त गरे

नेप्लिज डायस्पोरा

११, बैशाख २०८०
images
स्वर्णीमले तनहुंका मतदातालाई यसरी आभार व्यक्त गरे

तनहुँ क्षेत्र नम्बर १ बाट स्वतन्त्र पार्टीका लागि उमेद्वार रहेका स्वर्णीम वाग्लेले बैशाख १० गतेको निर्वाचन सम्पन्न भएको भोलिपल्ट  विहान मतदाताहरुलाई सार्बजनिक रुपमा धन्यवाद आभार व्यक्त गरेका छन ।

मतगणना शुरु भईसकेको छ र वाग्लेले अग्रता कायम गरिरहेका छन् । यहांबाट उनले जित्ने अनुमान गरिसकिएको छ ।

वाग्लेले फेसबुकमा लेख्छन :

तनहुँ क्षेत्र नम्बर १, चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ वासी बुबा आमा, दाजुभाइ दिदीबहिनीहरूमा नमस्कार !
तपाईंहरूको अपार माया, सहयोग र सद्‍भावले २० दिनको चुनावी यात्रा आजको निर्वाचन सम्पन्न भए पश्चात पूरा भएको छ । तपाईँहरूले आज आफ्नो मताधिकार प्रयोग गरेर देशको लोकतन्त्रलाई मजबुत बनाइदिनु भएकोमा हार्दिक आभार प्रकट गर्न चाहन्छौं ।

हाम्रो चुनावी यात्रामा अहोरात्र खट्ने हाम्रा साथीहरू,
सुरक्षा निकाय, निर्वाचन आयोग, आम संचारकर्मीहरु र सबै निकायले यस निर्वाचन सम्पन्न गर्न खेल्नु भएको भूमिकाको लागि विशेष धन्यवाद ज्ञापन गर्न चाहन्छौं ।आगामी दिनहरूमा तपाईँहरूकै माझ रहने र नियमित सम्पर्कमा रहने पनि वाचा गर्दछौं ।
अन्तमा, निर्वाचनको दौरान प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउनु हुने नेपाल तथा नेपालबाहिरका तपाईंहरू सबैमा हार्दिक आभार व्यक्त गर्दछौंिकाय
राष्ट्रिय स्वतन्त्र पार्टी

images
प्रकाशित मिति :बैशाख ११, २०८० सोमवार - ०७:०६:२१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend