बारा २ मा जसपा अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । उनले २८ हजार ४ सय १५ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वीजनमत पार्टीका शिवचन्द्र कुसहवाले २३ हजार ३ सय ३४ मत प्राप्त गरे ।
त्यस्तै, एमालेका पुरुषेत्तम पौडेलले १० हजार २ सय १६ मत र रास्वपका रमेश खरेलले २ हजार ८ सय २९ मत प्राप्त गरे ।
निर्वाचन आयोगले निर्वाचित यदवलाई निर्वाचित भएको प्रमाणपत्र दिएको छ ।