Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्रराज पाण्डे नियुक्त

गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्रराज पाण्डे नियुक्त

नेप्लिज डायस्पोरा

१४, बैशाख २०८०
images
गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्रराज पाण्डे नियुक्त

१४ बैशाख २०८०,

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । प्रदेशप्रमुख पृथ्वीमान गुरुङले पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

पाण्डेले बिहीबार नै प्रदेश प्रमुख समक्ष मुख्यमन्त्री दाबी पेस गरेका थिए । धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि प्रदेश प्रमुखबाट भएको आह्वान अनुसार पाण्डेले दाबी पेस गरेका थिए ।

कांग्रेस, माओवादी र एकीकृत समाजवादीका प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न दाबी पेस गरेका हुन् ।

images
प्रकाशित मिति :बैशाख १४, २०८० बिहिवार - १७:१५:३३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend