Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

क्यान्सरसंग लडिरहेका अर्घाखांचीका २३ बर्षीय मनिषलाई सहयोगको अपिल

क्यान्सरसंग लडिरहेका अर्घाखांचीका २३ बर्षीय मनिषलाई सहयोगको अपिल

नेप्लिज डायस्पोरा

१४, बैशाख २०८०
images
क्यान्सरसंग लडिरहेका अर्घाखांचीका २३ बर्षीय मनिषलाई सहयोगको अपिल

मेरिल्याण्ड, अमेरिका
अप्रिल २७,२०२३

अर्घाखांची जिल्लाको सन्धिखर्क खापडांडाका २३ बर्षका मनिष पराजुली अहिले घांटीमा भएको क्यान्सरका कारण धेरै नै पीडामाछन्

फूल स्कलरसीप पाएर एक बर्ष अगाडी उज्वल भविष्यको सपना बुनेर स्टुडेन्ट भिसामा अष्ट्रेलिया पुगेका थिए पराजुली त्यहां अचानक उनको घांटीमा समस्या भयो डाक्टरहरुले ट्युमरको आशंका गरे

अष्ट्रेलियामा स्टुडेन्टलाई उपचारमा महंगो पर्ने भएपछि मनिष नेपाल फर्किए भारतको एपोलो हस्पिटलमा परिक्षण गराए डाक्टरहरुले Salivary gland cancer भएको बताए केही पटक किमोथेरापीपछि मनिष अहिले नेपालकोकाठमाण्डौंमा छन्

डाक्टरहरुका अनुसार उनको रोग सुधारोन्मुख पूर्ण निको हुने आशा गरिएको तर मनिषको घरको लगभग सबैसम्पत्ति उपचारका क्रममा सकिएको

अहिले मनिष परिवारलाई आफन्त साथीभाईको सहयोगमा बांचिरहेका छन् पूर्ण निको हुनेबेलासम्मको लागिमनिषलाई थप सहयोगको जरुरी परेको छ। त्यसैले उनका नजिकका आफन्तहरुले गोफण्ड मी शुरु गरेका छन सबैबाटससानो सहयोगको अपेक्षा पनि गरेका छन्

मनिष गांउका अशल होनहार यूवा हुन् पढाईमा निकै तेज मनिषबाट त्यो गांउले धेरै आशा गरेको थियो उनी अझैपनिहाम्रो आशाको केन्द्र हुन् उनको पीडामा मलम लगाईदिनु हुन मानवीय सहयोग गरिदिनु हुन सबैसंग अनुरोध गर्दछु मनिषको लागि आर्थिक सहयोग जुटाउन सक्रिय रहनु भएका बिष्णु बन्जाडेले भन्नुभयो

सहयोगको लागि तलको लिंकमा क्लिक गर्नुहोस :

https://gofund.me/103c9d4b

images
प्रकाशित मिति :बैशाख १४, २०८० बिहिवार - २१:२४:५८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend