२०८० बैशाख १६,
दमकमा सञ्चालनमा आएको बाल अस्पताललाई कांग्रेस नेता एवं पूर्वमन्त्री डा. मीनेन्द्र रिजालले ५० लाख रुपैयाँ प्रदानगरेका छन्।
डा. रिजालले आफ्ना मातापिताको स्मृतिमा स्थापना गरेको पुण्यश्री फाउन्डेसनमार्फत प्रदान गरेको सो रकमबराबरकोबैंकिङ चेक शनिबार मोरङको रतुवामाईमा आयोजित कार्यक्रमबीच हस्तान्तरण गरे।
पूर्वमन्त्री डा. रिजालले बाल अस्पतालका परिकल्पनाकार एवं संस्थापकसमेत रहेका काठमाडौं इन्स्टिच्युट अफ चाइल्डहेल्थ (केओच)का अध्यक्ष डा. भगवान कोइरालालाई सो चेक हस्तान्तरण गरेका थिए।