Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

रवि लामिछानेका ड्राइभर शम्भुको निधन

रवि लामिछानेका ड्राइभर शम्भुको निधन

नेप्लिज डायस्पोरा

१९, बैशाख २०८०
images
रवि लामिछानेका ड्राइभर शम्भुको निधन

वैशाख १९, २०८०
काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको चितवनस्थित घरको छतबाट खसेर घाइते भएका गाडी चालक दिलबहादुर थापाको उपचारको क्रममा मंगलबार निधन भएको छ । ललितपुरस्थित मेडिसिटी अस्पताल स्रोतका अनुसार उनको मंगलबार दिउँसो साढे एक बजेको करिब निधन भएको हो ।

वैशाख ४ गते बिहान ४ बजे घरको छतबाट लडेका थिए । सख्त घाईते अवस्थामा भेटिएका शम्भुको घर सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ हो । ३९ वर्षीय थापाको कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा प्रारम्भिक उपचार गरिएकोथियो ।

टाउकोमा गहिरो चोट लागेका थापाको भरतपुरमा नै शल्यक्रिया समेत गरिएको थियो । उनलाई वैशाख ५ गते मंगलबारसेनाको हेलिकोप्टरबाट ललितपुरस्थित मेडिसिटी अस्पतालमा थप उपचारका लागि ल्याइएको थियो ।

images
प्रकाशित मिति :बैशाख १९, २०८० मंगलवार - १५:१४:०४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend