विहीबार, २१ बैशाख २०८०,
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डसंग भेटेर पार्टीका सचिवटोपबहादुर रायमाझीमाथी षडयन्त्र भएको बताएका छन् ।
बिहीबार सिंहदरबारमा प्रचण्डसँग ओलीले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहमा संलग्नरहेको आरोप लागेका रायमाझीको विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताए ।
‘षड्यन्त्रपूर्वक ढंगले बाटोमा हिँड्दाहिँड्दै समाउनुपर्ने ? त्यस्तो खालको रहस्यपूर्ण छ’, ओलीले भने, ‘भागेर कतै गइहाल्नेमान्छे त होइन । अहिलेको सिटिङ एमपी भागेर कतै जाने खालको कुरा त होइन ।’ स्मरण रहोस हत्या अभियोग लागेरसंसदबाट निलम्बित र प्रहरीको खोजी लिष्टमा रहेका सिटिङ एमपी कोईरी अहिले फरार छन् ।
उनले बुधबार बेलुका रायमाझीसँग आफ्नो कुरा भएको खुलाए । ‘मैले बेलुका कुरा गरेको थिएँ । यस्तो सुन्छु नि तपाईँलाईपक्राउ पुर्जी भनेको के हो ? केही जानकारी छ भन्दा मैले आईजीपीलाई सोधेँ त्यस्तो होइन, यसबारे स्पष्ट पार्दिनुपर्लाभनेर भनेको छ त्यस्तो होइन । भोलि काठमाडौँ आउँछु भन्याथ्यो,’ उनले भने ।
अहिले पक्राउ परिसकेको खबर सुनेको भन्दै ओलीले यसबारे अस्पष्ट भएको भन्दै आफु अचम्म भएको बताए