नेपाली कांग्रेसकी सांसद आरजु राणालाई कालो झन्डा देखाउन खोजेको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ।
हेटौंडाको एक कार्यक्रममा सहभागी हुन गएकी राणालाई कालो झण्डा देखाउन लागेको आशंकामा उसलाई नियन्त्रणमा लिएको बुझिएको छ ।
उनी हेटौंडा आउने जानकारी पाएपछि सामाजिक सञ्जालमा राणालाई बहिष्कार गर्नुपर्ने लेखेका हेटौंडाकै कृष्णराज कोइराला पक्राउ परेका हुन् ।
उक्त अभिव्यक्तिपछि प्रहरीले उनलाई कार्यक्रमस्थल बाहिरबाट नियन्त्रणमा लिएको हो। उनले कालो झन्डा देखाउनसमेत खोजेका थिए।
केही घन्टा नियन्त्रणमा लिएर कोइरालालाई छोड्न लागिएको छ।