Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

लाइसेन्स नवीकरण गर्ने मिति १० वर्ष पुर्‍याइँदै, शुल्क पनि बढ्ने

लाइसेन्स नवीकरण गर्ने मिति १० वर्ष पुर्‍याइँदै, शुल्क पनि बढ्ने

नेप्लिज डायस्पोरा

२८, बैशाख २०८०
images
लाइसेन्स नवीकरण गर्ने मिति १० वर्ष पुर्‍याइँदै, शुल्क पनि बढ्ने

सरकारले सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को नवीकरण मिति १० वर्षमा पुर्‍याउने तयारी गरेको छ । यातायातव्यवस्था विभागले हाल पाँच–पाँच वर्षमा नवीकरण गर्नुपर्ने झन्झटिलो अवस्थालाई १० वर्षमा लैजाने गरी गृहकार्य थालेकोहो । 

पाँच–पाँच वर्षमा नवीकरण गर्दा यातायात कार्यालयमा भिड बढेको, विदेश गएकाहरूको लाइसेन्स खारेज हुने अवस्थाभएको, सेवाग्राहीलाई पनि झन्झट भएको र कार्ड छपाइमा समेत ढिलो हुने देखिएपछि सरकारले १० वर्ष पुर्‍याउन लागेकोहो ।

विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले १० वर्ष पुर्‍याउने तयारी भइरहेको स्वीकार गरे । नवीकरण अवधि १०वर्ष पुर्‍याउनुपर्ने प्रस्ताव भौतिक मन्त्रालयले मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा पेस गरिसकेको छ ।

‘त्यहाँबाट पत्रआएपछि यसलाई कार्यान्वयनतर्फ लैजान्छौँ,’ उनले भने, ‘यसो गर्दा यातायात कार्यालयलाई कार्ड छाप्न भार कम पर्छ, सेवाग्राहीलाई पनि सहज नै हुन्छ ।’ पाँच–पाँच वर्षमा नवीकरण गर्दा राजस्वमा सरकारलाई फाइदा पुग्छ ।

अब १० वर्षमापुर्‍याइने भएपछि नवीकरण शुल्क पनि बढाउने तयारी भएको विभागले जनाएको छ ।

विस्तृत समाचारका लागि नयांपत्रिकाको यो लिंक क्लिक गर्नुहोस ।

https://www.nayapatrikadaily.com/news-details/114259/2023-05-11?

 

images
प्रकाशित मिति :बैशाख २८, २०८० बिहिवार - १८:३१:१५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend