पाल्पा, जेठ ५, २०८० ।
सधैं झैं महिनाको पहिलो हप्ता सर्जक सम्मान र प्रबर्द्धन हेतु लघुकथा सुन्ने सुनाउने अभियानमा जुटेको 'लघुकथा चौतारी'ले आफ्नो तेस्रो महिनाको कार्यक्रम पनि भब्यताका साथ २०८० जेठ २ गते सम्पन्न गरेको छ ।
कार्यक्रममा संस्थाका एडममीन श्री योग प्र.उपाध्याय चापागाईंले अध्यक्षता ग्रहण गर्नुभएको उक्त कार्यक्रममा बरिष्ठ साहित्यकार मधुसूदन प्र.घिमिरे प्रमुख अतिथि र प्रखर कथाकारद्वय निर्मला बराल र सुनिता निरौला पौडेलले अतिथिको भूमिका निभाउनु भएको थियो । कार्यक्रम स्वागत लघुकथाबाट मन्दिरा चापागाईंले स्वागतबाट शुरु भएको कार्यक्रममा लघुकथा सौन्दर्यका एडमीन श्रीराम राईले शुभकामना मन्तव्य साथै पर्यवेक्षक र विश्लेषकको भूमिका इन्दिरा चापागाईंले तथा चौतारीको स्थापना र विकासको बारेमा अध्यक्ष स्वयंले जानकारी गराउनुभएको थियोे ।
यसैबीच धेरै कथाकारका कथाहरू वाचन हुनुका साथै श्रष्टा द्रष्टाको बाक्लो उपस्थिति थियो । यो सम्पूर्ण कार्यक्रम सञ्चालन संस्थका एडमीन अन्जु शर्माले गर्नुभएको थियो ।
कार्यक्रमका केही तस्विर झलकहरू