- नीमा छिरिङ भोटिया
हेरि दिए तिमीलाई सुटुक्कै
कालो चश्मा हातले मिलाएर
बोली दिए कानैमा खुसुक्कै
मनको सबै बह फुकाएर
हेरि रहुँ जस्तै लागि रहेको थियो
फेरी मनलाई चित्त आफै बुझाएँ
बसी रहुँ जस्तै लागि रहेको थियो
आफ्नो निष्ठा कर्तव्यलाई मनलाई सम्झाए
नयनभित्रको रानीमा सजाएको छु
दिलको धड्कनमा बोकी राखेको छु
कतै प्राणले कहिलेकाही साथ नदिए पनि
तिमीलाई तस्वीर बनाई मनमा राखेको छु ।
नभेट्दा केही थिएन यो मनलाई
जब आमनेसामने तिमी र ममा भयो
त्यो दिन त्यो पलहरू अति नै कमी थियो
सूर्य पनि मुसुक्क हाँसेर क्षितिजमा बिसाउन लाग्थे
चन्द्र पनि लजाएर आफु आफुलाई लुकाई राख्थे
तर तिमी र म भने
एकअर्कोको सपनाहरूभित्र चुपचाप हराउँथे
भनौं तिमी र म
युगौं युगबाट भेटिरहेको जस्तै -----!
- जलढाका/ कालेबुङ
भारत ।