काठमाडौं । अवैध रूपमा अमेरिका जान हिडेका २८ जना नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार अवैधरूपमा अमेरिका जान लागेका नेपालीलाई अजरबैजानबाट प्रहरीले नियन्त्रणमा लिएको समाचार न्युज अफ नेपालडटकमले प्रकाशित गरेको छ ।
अजरबैजानका लागि गैरआवासीय राजदूतसमेत रहेका मस्कोस्थित नेपाली राजदूत मिलन तुलाधरले नेपालीहरूलाईफर्काउने विषयमा शुक्रबारै पहल गरिएको जानकारी दिए । १० लाख रुपैयाँ लिएर झुक्याएर पैसा उठाउँदै विदेश लानखोजेको सूचना दूतावासलाई प्राप्त भएको राजदूत मिलन तुलाधरले बताए ।
अजरबैजानमा सीमापार गर्न खोज्दा केही नेपाली नागरिक समातिएको र उनीहरू सुरक्षाकर्मीको नियन्त्रणमा रहेकोनयाँदिल्लीस्थित अजरबैजानको दूतावासले दिल्लीमै रहेको नेपाली दूतावासलाई जानकारी दिएको थियो ।
नेपालीदूतावास दिल्लीबाट मस्कोमा रहेको नेपाली दूतावासलाई त्यसबारेमा जानकारी गराएपछि नेपालीहरूको उद्धारका लागिगृहकार्य गरेको हो । नेपालीहरू छिट्टै सुरक्षित रूपमा घर फर्कन राजदूत तुलाधरले जानकारी दिए ।
न्युज अफ नेपालबाट